मादल : एक अध्ययन {Madal: A Study}

Authors

  • नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane पद्मकन्या बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय Padma Kanya Multiple Campus, TU

Keywords:

Madal मादल, नेपाली लोक बाजा, नेपाली मौलिक वाद्ययन्त्र, Nepali original musical instruments

Abstract

नेपाली लोक बाजाको रूपमा परिचित मादल नेपाली लोक सङ्गीतको ढुकढुकी हो । प्राचीन शास्त्रीय बाजामृदङ्ग र पखवाजको अनुकरण गर्दै मादलको आविष्कार भएको हो भन्ने आकलन गर्न सकिन्छ । मादलको उत्पत्तिका विषयमा कुनै प्रमाण भेटिएको पाइँदैन । मादल लोक वाद्य भएता पनि सबै प्रकारका सङ्गीतमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । हाल नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय सङ्गीत जगत्मा समेत यसको प्रयोग बढ्दो छ । अपितु नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा नेपाली मौलिक वाद्ययन्त्र मादलप्रति युवा वर्गको रुचिमा कमी हुँदै गएको पाइन्छ । नेपाली लोक गीतहरूमा पश्चिमा वाद्ययन्त्रहरू ड्रम,गितार आदिको प्रयोगले नेपाली संस्कृतिको लोक पक्ष नै समाप्त होला भन्ने डर भइसकेको छ ।त्यसैले आदिकालदेखि नै गौरवशाली परम्परा बोकेको मादलको संरक्षण, संवद्र्धन र विकासका लागि सम्पूर्ण सङ्घ, संस्था, सङ्गीत विद्यालय, कलेज तथा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार माध्यमद्वारा यस सम्बन्धी अभिरुचि बढाउने तालिम, गोष्ठी, कार्यक्रम , प्रतियोगिताहरू हुनुआवश्यक देखिन्छ । नेपालको सांस्कृतिक प्रतीकका रूपमा रहेको मादलको सरकारी तबरबाटै यस सम्बन्धी अध्ययन अध्यापनको लागि कार्यक्रम निर्माण गरी यसलाई विषयगत रूपमा लागु गर्नु अनिवार्य हुन्छ ।

Abstract
773
PDF
0

Author Biography

नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane, पद्मकन्या बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय Padma Kanya Multiple Campus, TU

सिर्जना कलेज अफ फाइन
आर्टस् र नेपाल म्युजिक सेन्टर

Downloads

Published

2017-12-01

How to Cite

मादल : एक अध्ययन {Madal: A Study}. (2017). SIRJANĀ – A Journal Of Arts and Art Education, 4(1), 60-66. https://doi.org/10.3126/sirjana.v4i1.44517

Issue

Section

Articles

How to Cite

मादल : एक अध्ययन {Madal: A Study}. (2017). SIRJANĀ – A Journal Of Arts and Art Education, 4(1), 60-66. https://doi.org/10.3126/sirjana.v4i1.44517