चलचित्र विधा : चित्रकलाको गतिशील प्रतिविम्ब

Authors

  • Deepa Basnet

DOI:

https://doi.org/10.3126/sirjana.v11i1.86837

Keywords:

दृश्यशास्त्र, सौन्दर्यशास्त्र, स्थिरछवि, भाव सम्प्रेषण, घटक, चिन्तन, गतिशील

Abstract

चलचित्र दृश्य–श्रव्य माध्यम हो । यसले चलायमान तस्बिरहरू र ध्वनिको संयोजनमार्फत कथा भन्ने कार्य गर्छ । चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन, सामाजिक सन्देश, सांस्कृतिक विमर्श, ऐतिहासिक घटनाक्रम  र दर्शनको प्रस्तुतीकरण गर्ने प्रभावशाली साधन हो । छायाङ्कन, सम्पादन, अभिनय, सङ्गीत, आलेख लेखन आदि घटकहरूको सहकार्यबाट चलचित्र निर्माण हुन्छ ।

चित्रकला स्थिर छवि हो । यसले कुनै क्षण, भावना, विचार वा दृश्यलाई स्थायी रूपमा अभिव्यक्त गर्छ । चित्रकलाले सौन्दर्यशास्त्रीय सन्देश दिनुका साथै सामाजिक, धार्मिक, राजनीतिक र सांस्कृतिक चिन्तनलाई पनि प्रस्तुत गर्न सक्छ । विशेषतः ऐतिहासिक, धार्मिक वा सांस्कृतिक चलचित्रहरूले चित्रकलाबाट प्रेरित फ्रेम संरचना, पृष्ठभूमि डिजाइन, र प्रतीकात्मक सङ्केतहरूले दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने गरेका छन् । चित्र–रचना एउटा कथावाचन हो भने चलचित्रले त्यसैलाई गतिशील दृश्य माध्यममा बाँधेर समय, स्थान र संवेदनाको समग्र चित्र प्रस्तुत गर्छ । नेपाली चलचित्रका सन्दर्भमा पनि परम्परागत मिथक, सांस्कृतिक प्रतीक र स्थानीय रङको प्रयोगले चित्रकलासँगको सम्बन्धलाई पुष्टि गर्छ । विशेषतः ऐतिहासिक, पौराणिक वा कलात्मक फिल्महरूमा, पात्रको अवस्थान, पृष्ठभूमिको बनावट, र रङ–सन्तुलनले चित्रकलाकै शैलीलाई पछ्याउँदै चलचित्रलाई जीवन्त बनाइदिन्छ ।

तसर्थ चलचित्र चित्रकलाको गतिशील प्रतिविम्ब हो, जसले स्थिर कलालाई समय, कथा र ध्वनिसँग जोडेर दर्शकसामु अझ गहिरो प्रभाव पार्छ । यस अनुसन्धानमा चलचित्र निर्माणको दृश्य–सौन्दर्यशास्त्रमा चित्रकलाको प्रभाव र प्रयोगलाई ऐतिहासिक, सैद्धान्तिक र व्यावहारिक रूपमा विश्लेषण गर्न खोजिएको छ । साथै, नेपाली तथा विश्व चलचित्रमा चित्रकलाबाट प्रेरित दृश्य संरचनाहरूको उदाहरणात्मक अध्ययनसमेत प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-11-27

How to Cite

Basnet, D. (2025). चलचित्र विधा : चित्रकलाको गतिशील प्रतिविम्ब. SIRJANĀ – A Journal Of Arts and Art Education, 11(1), 82–93. https://doi.org/10.3126/sirjana.v11i1.86837

Issue

Section

Articles