पीताम्बर नेपालीका कवितामा प्रगतिवादी चेतना

Authors

Keywords:

असमानता, राष्ट्रिय भूगोल, वर्गीय चेतना, सांस्कृतिक वैभव, स्वाधीनता

Abstract

पीताम्बर ‘नेपाली’ प्रगतिवादी स्रष्टा हुन् । राष्ट्रवादी स्वरसमेतका उपस्थितिबाट निर्मित प्रगतिवादी चेतनालाई उनका पेटको राँको र सिमानाको गीत कवितासङ्ग्रहका कविताले सशक्त रूपमा मुखरित गरेका छन् र त्यस प्रगतिवादी चेतनाका व्यापक फलकभित्र जन्मभूमिप्रतिको सचेत जागरुकता, सामाजिक थिचोमिचो र दमनका विरुद्धको चेतना र आफ्नो देशको सिमानाका बारेमा चिन्ता र चासोका सन्दर्भहरू विशेष रूपले प्रकट भएका छन् । यसै विशेषतालाई दृष्टिगत गरी प्रस्तुत अध्ययनमा प्रगतिवादी चेतनालाई आधार बनाएर पीताम्बर नेपालीका कवितामा प्रकट भएको वैचारिकीको विश्लेषण गरिएको छ । कविका चिन्तनलाई प्रगतिवादका आलोकमा हेरिएको भए पनि कविताको विश्लेषणमा आगमनात्मक तर्कपद्धतिसमेतको उपयोग गर्दै निष्कर्ष निकाल्ने काम भएको छ । सिमानाको गीत सङ्ग्रहमा कविले नेपाली भूमिमाथिको निरन्तर अतिक्रमणको विरोध गर्नुका साथै समयसमयमा नेपालका अनेक नाकामा भारतबाट भइरहेका त्यस्ता सीमा अतिक्रमणका वास्तविक तथ्य प्रस्तुत गरी हरेक राष्ट्रवादीलाई सचेत हुन आग्रह गरेका छन् । पेटको राँको कवितासङ्ग्रहमा सर्वहारा तथा सीमान्तीकृत समुदायका पक्षमा कवि नेपालीको प्रगतिवादी आवाज मुखरित भएको छ । यसरी प्रस्तुत अध्ययनबाट पीताम्बर नेपाली राष्ट्र, संस्कृति, प्रकृति तथा स्वाधीनताप्रति प्रतिबद्ध हुँदै यथास्थितिका विरुद्ध दृढ प्रगतिवादी चेतना प्रकट गर्ने कवि हुन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
135
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

पीताम्बर नेपालीका कवितामा प्रगतिवादी चेतना. (2024). Solukhumbu Multiple Campus Research Journal, 6(1), 196-205. https://doi.org/10.3126/smcrj.v6i1.74544

Issue

Section

Articles

How to Cite

पीताम्बर नेपालीका कवितामा प्रगतिवादी चेतना. (2024). Solukhumbu Multiple Campus Research Journal, 6(1), 196-205. https://doi.org/10.3126/smcrj.v6i1.74544