स्वास्नीमान्छे उपन्यासमा सामाजिक संरचना
DOI:
https://doi.org/10.3126/smcrj.v7i1.89291Keywords:
सामजिक संरचना, पारिवारिक, सामुदायिक, लैङ्गिक, धार्मिक, उपन्यासAbstract
प्रस्तुत लेखमा स्वास्नीमान्छे उपन्यास गोल्डमानले उत्पत्तिमूलक संरचनावादको मूल सैद्धान्तिक स्वरूपभित्र विश्वदृष्टि अर्र्थात् सामाजिक संरचनालाई समाजशास्त्रीय मान्यता प्रस्तुत गरेका छन् । साहित्य विश्लेषणका विभिन्न आधारमाहरूमध्ये सामाजिक संरचना पनि एक हो । यस लेखको मख्य उद्देश्य उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा रचित स्वास्नीमान्छे उपन्यासलाई सामाजिक संरचनाका आधारमा विश्लेषण गर्नु हो । यो लेखलाई वर्णनात्मक विधिका आधारमा विश्लेषण गरिएको छ । जसमा प्राथमिक स्रोतका रूपमा स्वास्नीमान्छे उपन्यासलाई मुख्य आधार बनाइएको छ । उक्त उपन्यासमा सामाजिक संरचानाले हेर्दा उत्कृष्ट नै रहेको पाइन्छ । यस उपन्यासमा रहेका विभिन्न साक्ष्यहरूलाई प्रस्तुत गर्दै ती साक्ष्यबाट सामाजिक संरचनालाई खोजी सामाजिक संरचनाका स्वरूपहरूलाई औल्याउँदै विश्लेषण गरिएको छ । उपन्यासमा के कस्ता सामाजिक संरचनाहरू निर्माण भएको पाइन्छ ? त्यसको खोजी गर्दै अन्तमा निष्कर्ष निकालिएको छ । उक्त उपन्यासमा पारिवारिक संरचना, सामुदायिक संरचना, लैङ्गिक संरचना र धार्मिक संरचनाको प्रयोग प्रशस्त मात्रमा रहेको पाइन्छ । यस लेखले सामाजिक संरचना तथा विश्वदृष्टि सम्बन्धी शोधखोज गर्ने पश्चवर्ती शोधकर्ताहरू तथा अनुसन्धानार्थीहरूलाई मदत पुग्ने देख्न्छि ।