सम्राट् राजर्षि जनक महाकाव्यको पहिलो सर्गमा अलङ्कारयोजना
DOI:
https://doi.org/10.3126/srj.v3i1.93313Keywords:
अनुप्रास, उत्प्रेक्षा, उपमा, दृष्टान्त, लोकोक्तिAbstract
प्रस्तुत शोधलेख महाकवि पीताम्बरभोला लम्सालको सम्राट् राजर्षि जनक महाकाव्यको पहिलो सर्गमा के कस्ता अलङ्कारहरू प्रयोग भएका छन् ? तिनको निक्र्योल र अध्ययन गर्ने उद्देश्यले लेखिएको छ । सम्राट् राजर्षि जनक महाकाव्य शास्त्रीय छन्द र अलङ्कारहरूको प्रयोग तथा पूर्वीय काव्य मान्यताहरू अनुशरण गरी लेखिएको महाकाव्य हो । पौरस्त्य परम्पराका के कस्ता अलङ्कारहरूको प्रयोग यस महाकाव्यमा भएको छ त भनेर अध्ययन गर्ने क्रममा नै यो शोधलेखमा पहिलो सर्गमा अलङ्कार योजना भनी अध्ययन गरिएको छ । पहिलो सर्गमा प्रयुक्त अलङ्कारहरूको परिचयका साथ पद्यमा तिनको प्रयोग कसरी भएको छ भन्ने सोदाहरण प्रस्तुति गर्ने काम यस लेखमा गरिएको छ । सम्राट् राजर्षि जनक महाकाव्यको पहिलो सर्गमा भएका अलङ्कारहरूको प्रयोग निर्धारण गर्नु र कुन पद्यमा कसरी त्यो अलङ्कारको प्रयोग भएको छ ? उदाहरणसहित विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । कस्ता कस्ता अलङ्कारहरू पहिलो सर्गमा प्रयोग भएका छन् ,तिनको विवरणका साथ अनुसन्धानात्मक परिचय प्रस्तुत गरिएको छ । शोधको विधिको रूपमा वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको छ भने सैद्धान्तिक आधार पौरस्त्य काव्यशास्त्रको समन्वयमा रहेको छ । पौरस्त्य काव्यशास्त्रीय काव्यत्वका रूपमा परिचित अलङ्कारहरूको चिनारी पौरस्त्य काव्यशास्त्रकै अनुसार प्रस्तुत गरी ती अलङ्कारहरू महाकवि लम्सालको सम्राट् राजर्षि जनक महाकाव्यको पहिलो सर्गका पद्यहरूमा कसरी घटेका छन् त्यसको उदाहरणपूर्वक प्रस्तुति गर्ने कार्य यस शोध लेखमा गरिएको छ ।