देउडाः सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा

Authors

  • Daman Bahadur Singh सरस्वती बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय (Tribhuvan University) https://orcid.org/0009-0003-9133-6158

DOI:

https://doi.org/10.3126/srj.v3i1.93314

Keywords:

देउडा संस्कृति, सुदुरपश्चिम, मेलापात, पर्व

Abstract

सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा देउडा गीत र नृत्यले सामाजिक, सांस्कृतिक, र नैतिक आयामहरूलाई समेट्दै सामूहिक पहिचान र एकताको प्रतीकका रूपमा महत्वपूर्ण भूमिका खेलेको छ । यो अनुसन्धानले देउडाको ऐतिहासिक उत्पत्ति, सामाजिक प्रभाव, सांस्कृतिक सन्देश, संरक्षणका चुनौतीहरू, र भावी पुस्तामा स्थानान्तरणका सम्भावनाहरूलाई गुणात्मक अनुसन्धान पद्धतिमार्फत विश्लेषण गरेको छ । अन्तर्वार्ता, प्रत्यक्ष अवलोकन, र कागजात विश्लेषणबाट सङ्कलित तथ्याङ्कले देउडालाई धार्मिक अनुष्ठान, मेला, र किंवदन्तीहरूसँग जोडिएको “पूर्वजहरूको सङ्गीत“ को रूपमा स्थापित गरेको छ । देउडा गीतहरूले सामाजिक सम्बन्धलाई मजबुत बनाउन, लैङ्गिक समावेशीकरणलाई प्रोत्साहन गर्न, र पारिवारिक सम्मान, धार्मिक आस्था, तथा वातावरणीय चेतनालाई व्यक्त गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । यद्यपि, आधुनिक सङ्गीतको प्रभाव, युवा पुस्ताको घट्दो चासो, र संस्थागत समर्थनको अभावले देउडा संस्कृतिको संरक्षणमा चुनौतीहरू खडा गरेका छन् । विद्यालय पाठ्यक्रममा समावेश, डिजिटल अभिलेखीकरण, र सामुदायिक महोत्सवहरू जस्ता उपायहरूले देउडाको निरन्तरता सुनिश्चित गर्न सक्ने सम्भावना देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
13

Downloads

Published

2025-12-31

How to Cite

Singh, D. B. (2025). देउडाः सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक सम्पदा. Southwestern Research Journal, 3(1), 11–21. https://doi.org/10.3126/srj.v3i1.93314

Issue

Section

Articles