आसामेली नेपाली भाषाका साहित्यकारहरू र पत्रपत्रिकाको योगदान

Authors

  • Bishnu Neupane त्रिभुवन विश्वविद्यालय, सरस्वती बहुमुखी क्याम्पस, काठमाडौँ https://orcid.org/0009-0003-4468-4248

DOI:

https://doi.org/10.3126/srj.v3i1.93317

Keywords:

गोर्खासैनिक, नेपालीमूल, रचनासृजना, सामाजिक परिधि, साहित्यप्रेमी

Abstract

नेपाली भाषा नेपालमा र नेपालीहरूको बाहुल्य रहेको भारतका विभिन्न स्थानहरूमा र नेपालीहरू पुगेका विश्वका विभिन्न स्थानमा बोलचालको भाषा र सम्पर्क भाषाका रूपमा रहेको छ । साहित्य सिर्जनाका दृष्टिले पनि यो भाषा सबल र संवृद्धशाली रहेको छ । नेपालमा बसोवास गर्ने नेपालीहरू र नेपालबाहिर रहेका नेपाली भाषीहरूले यस भाषामा प्रशस्त साहित्य सिर्जना गरेका छन् । यो भाषाप्रति नेपालीको मात्र होइन नेपालबाहिर भारतका विभिन्न स्थानमा बसोबास गरिरहेका भारतीय नेपालीको पनि चिन्ता र चासोको विषय रहेको छ । नेपालबाट काम, माम र शिक्षाका सिलसिलामा भारतको आसाम, बनारस, दार्जीलिङ, देहरादुन, जलपाइगुडी आदि क्षेत्रमा पुगेका नेपालीभाषीहरू नेपाली भाषाप्रति सम्मान र आस्था पनि प्रकट गर्दछन् । त्यहाँ बसोबास गर्ने नेपालीहरूले नेपाली भाषा र साहित्य सिर्जना गरी नेपाली साहित्य भण्डारमा यथेष्ट योगदान दिएका तथा नेपाली भाषा र साहित्यको संरक्षण र संबर्धनमा योगदान पुर्‍याएका छन् । प्रस्तुत गुणात्मक अनुसन्धान ढाँचामा अन्वेषित यो लेख पुस्तकालयीय अध्ययन कार्यका आधारमा द्वितीय स्रोतका सामग्री र तथ्यहरूको सङ्कलन, व्याख्या र उपलब्ध अभिलेख सामग्रीहरूको विश्लेषण गरी नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान र प्रवर्धनमा भारतीय नेपाली साहित्यकारहरू र पत्रपत्रिकाको योगदानको विवरणात्मक र विश्लेषणात्मक विधिद्वारा समीक्षा गरी निष्कर्षीकरण र सामान्यीकरण गरिएको छ । यस लेखमा भारतीय भूमि खासगरी आसाम, वनारस, देहरादुन र जलवाईगुडीमा रहेका नेपालीहरू जसलाई भारतीय नेपाली पनि भनिन्छ, तिनीहरूको नेपाली भाषाप्रतिको माया, ममता; नेपाली भाषाको उत्थान, संरक्षण, संबर्धन तथा संवृद्धिमा योगदान र उनीहरूद्वारा सिर्जना गरिएका नेपाली साहित्य सम्बन्धमा विवरणात्मक र विश्लेषणात्मक समीक्षा गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
9

Downloads

Published

2025-12-31

How to Cite

Neupane, B. (2025). आसामेली नेपाली भाषाका साहित्यकारहरू र पत्रपत्रिकाको योगदान. Southwestern Research Journal, 3(1), 22–32. https://doi.org/10.3126/srj.v3i1.93317

Issue

Section

Articles