यात्री कवितामा मानवतावादी स्वर र ईश्वरचिन्तन

Authors

  • Maya Upadhyaya Aryal

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख लक्ष्मीप्रसाद देवकोटाको यात्रीकवितामा मानवतावाद र ईश्वरचिन्तनको प्रयोग र प्रभावको विवेचनामा आधारित छ । मानवतावाद भनेको मानव मूल्य तथा क्षमतामा केन्द्रित दर्शन, विचारधारा एवम् चिन्तन हो । मानवतावादमा प्रयुक्त नैतिकता र परोपकारी व्यवहारका कारण अरू मानिसहरूका दुःखमा सहयोग गरी मानवताको अवस्था सुधारतर्फ उन्मुख हुन्छ । परम शक्ति वा ईश्वरका बारेमा गहन चिन्तन, मनन र ध्यान गर्नु भनेको ईश्वरचिन्तन हो । यसलाई सबैभन्दा शक्तिशाली, सृष्टि र संहारको मालिकका रूपमा बुझ्ने गरेको पाइन्छ । ईश्वरलाई हिन्दू धर्ममा परमात्मा वा भने पनि अन्य धर्ममा भने फरकफरक नामले चिन्ने गरिन्छ । यात्री कवितामा विभिन्न अनुसन्धाताहरूले गरेका अनुसन्धानात्मक लेखहरूलाई सैद्धान्तिका आधार मानी यात्री कवितामा मानवतावाद र ईश्वरचिन्तन पहिचान गर्ने कार्य प्रस्तुत अध्ययनमा गरिएको छ । यात्री’ कवितामा मानवतावाद र ईश्वरचिन्तनको प्रयोग भएको छ । प्रस्तुत कवितामा मानवतावादी स्वर र ईश्वरचिन्तन कहाँ–कहाँ भएको छ भन्ने प्राज्ञिक जिज्ञासाको निक्र्योल गर्ने उद्देश्य राखेर तयार पारिएको छ । प्रस्तुत शोधकार्य तयार पार्नका लागि प्राथमिक र द्वितीयक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस शोधकार्यमा प्राथमिक सामग्रीका रूपमा यात्री कवितालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा विभिन्न सैद्धान्ति सामग्रीहरूलाई प्रयोग गरिएको छ । पूर्वकार्यको अध्ययन अनुसन्धान गर्दा यात्री कवितामा मानवतावादी स्वर र ईश्वरचिन्तन शीर्षकमा अनुसन्धानत्मक कार्य भएको नपाइएकाले उक्त रिक्तता पूरा गर्नका लागि यो अनुसन्धानात्मक कार्य औचित्यपूर्ण हुनेछ । यो अनुसन्धानात्मक लेख विवेच्य कवितामा कविले पूजा गर्न हिँडेका यात्रीहरूलाई मानिसको काँधमा चढेर तिमी कुन मन्दिरमा, के सामग्री लिएर पूँजा गर्न हिँडेका छौ ? भनी सोधिएको प्रश्न र उत्तर प्रस्तुत गरेको पाइन्छ । यस कवितामा ईश्वर कृत्रिम मन्दिरमा भेटिँदैनन् ईश्वर त मानिसको आत्मभित्र हुन्छन् भन्ने कविको दार्शनिक अधिप्राय रहेको पाइन्छ । त्यसैले यस कविताको मानवतावाद र ईश्वरचिन्तनका दृष्टिकोणबाट विश्लेषण गरी ईश्वर मानव शरीरभित्र हुन्छन्, ईश्वर खोज्नका लागि बाहिर भौतारिएर नहिँड आफूभित्रै ईश्वरको खोजी गर, दुःखी, गरिबहरूको सेवा गर, दुखेका घाउमा मलहम लगाइदेऊ ईश्वर खुसी हुन्छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
95
PDF
27

Downloads

Published

2025-12-31

Issue

Section

Articles

How to Cite

Upadhyaya Aryal, M. (2025). यात्री कवितामा मानवतावादी स्वर र ईश्वरचिन्तन. Southwestern Research Journal, 3(1), 58-69. https://doi.org/10.3126/srj.v3i1.93335