नारीवादी चिन्तनका दृष्टिमा एक चिहान उपन्यास

Authors

Keywords:

सांस्कृतिक अध्ययन, पितृसत्ता, स्वतन्त्र पहिचान, अधिकार

Abstract

‘नारीवादी चिन्तनका दृष्टिमा एक चिहान उपन्यास’ शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपन्यासमा व्यञ्जित उदार नारीवादी चिन्तनको विश्लेषणमा केन्द्रित रहेको छ । ‘एक चिहान’ तत्कालीन नेपाली समाजमा रहेका विकृति, अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद, आर्थिक शोषणजस्ता विविध सामाजिक समस्याको चित्रण गरिएको उपन्यास हो । यस उपन्यासमा उदार नारीवादी चिन्तन पनि व्यञ्जित भएकाले यस लेखमा उपन्यासमा अभिव्यञ्जित उदार नारीवादी चिन्तनको अन्वेषण गरिएको छ । यसका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय स्रोतबाट गरिएको छ । यस सन्दर्भमा एक चिहान उपन्यासबाट प्राप्त सामग्रीलाई प्राथमिक सामग्रीका रूपमा र नारीवाद सम्बन्धी सैद्धान्तिक सामग्री तथा उक्त उपन्यासका सम्बन्धमा लेखिएका समालोचनात्मक ग्रन्थ तथा लेखरचनाहरूबाट प्राप्त सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । उपन्यासको गम्भीर पठन गरी साक्ष्यका रूपमा उपन्यासका विभिन्न अंशहरू छनोट गरी तिनको विश्लेषण गरेर यस उपन्यासमा कुनै पनि पात्रका कथन र क्रियाकलापबाट पूर्ण सचेत एवं विद्रोही किसिमको नारीवादी चिन्तन व्यञ्जित भएको छैन; यसो भए तापनि शिवनारान, रञ्जनादेवीजस्ता पात्रहरूका कथन एवं क्रियाकलापमा उदारवादी नारीवादी चिन्तन व्यञ्जित हुन पुगेको छ भन्ने निष्कर्ष दिइएको छ ।

Abstract
101
PDF
26

Downloads

Published

2025-12-31

Issue

Section

Articles

How to Cite

Sharma, Y. P. (2025). नारीवादी चिन्तनका दृष्टिमा एक चिहान उपन्यास. Southwestern Research Journal, 3(1), 70-88. https://doi.org/10.3126/srj.v3i1.93337