उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषण

Authors

  • तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौं

DOI:

https://doi.org/10.3126/ss.v1i1.59816

Keywords:

परिवेश, कथानक, दृष्टिबिन्दु, बिम्ब, प्रतीक

Abstract

प्रस्तुत शोधलेख सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषणमा केन्द्रित छ । यस लेखमा खण्डकाव्यका संरचक घटकहरू कथानक, चरित्र, परिवेश, शीर्षक, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यासअन्तर्गतका छन्द, लय, बिम्ब, प्रतीक, अलङ्कार आदिका आधारमा कृतिपरक विश्लेषण गरिएको छ । यस अध्ययनबाट उर्वशी खण्डकाव्यमा प्राप्त कथानक, त्यस कथानकलाई डोर्याउने पात्र र तिनको चरित्रका साथै परिवेशअन्तर्गतका पात्र क्रियाशील हुने ठाउँ अथवा घटना घटित हुने स्थान, समय र सामाजिक परिस्थितिसमेत केलाइएको छ । यसका साथै कृतिको शीर्षक, खण्डकाव्य लेखिनाको उद्देश्य र दृष्टिबिन्दु अर्थात् कथनपद्धतिको समेत निक्र्योल भएको छ । त्यसैगरी काव्यमा प्रयुक्त भाषाशैली अन्तर्गतका छन्दविधान, लयविधान, बिम्ब, प्रतीक र अलङ्कार विधानको अध्ययन तथा विश्लेषण गरिएको छ । यसरी कृति निर्माण गर्ने संरचक घटकहरूलाई नै आधार बनाएर गरिएको यस अध्ययनबाट यो कृति विधातत्वका दृष्टिले पूर्ण संरचना भएको एक उत्कृष्ट काव्य हो भन्ने कुरा प्रमाणित भएको छ । यस अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययन तथा विश्लेषण हुन गई पाठकलाई समग्र कृति बुझ्न मदत पुग्ने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
37
PDF
36

Author Biography

तुलसीप्रसाद Tulasiprasad गौतमः Gautam, त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौं

सहप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-11-09

How to Cite

गौतमः Gautam त. T. (2023). उर्वशी खण्डकाव्यको विधातात्विक विश्लेषण . शोधसुधा Shodh Sudha, 1(1), 79–96. https://doi.org/10.3126/ss.v1i1.59816

Issue

Section

Articles