औपन्यासिक तत्वका दृष्टिले घामका पाइलाहरू उपन्यास

Authors

  • नित्यानन्द Nityananda खतिवडा Khatiwada पिण्डेश्वरविद्यापीठ धरान

DOI:

https://doi.org/10.3126/ss.v1i1.59817

Keywords:

पर्यावरण, आञ्चलिक, प्रतीकात्मक, सीमाहीन, पहिचान, प्रयोगमूलक

Abstract

प्रस्तुत लेख ध.च. गोतामेद्वारा लिखित घामका पाइलाहरूको विधातात्विक विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा उपन्यासका संरचक तत्व वा घटकहरू कथानक, पात्र, परिवेश, दृष्टिविन्दु, उद्देश्य, भाषाशैली, शीर्षक आदिका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनबाट उपन्यासमा वीरगन्जको सामाजिक र ऐतिहासिक विषयलाई समेटिएको कथानक, कथानकलाई गति दिने पात्र, तिनको गतिशील हुने वा घटना घटित हुने परिवेशगत धरातलसमेत केलाइएको छ । यसका साथै कृतिलाई प्रभावकारी बनाउने पात्रीय संवाद, दृष्टिविन्दु, उपन्यास लेखिनाको उद्देश्य र कृतिको भाषाशैलीगत पक्षको अध्ययन विश्लेषण गर्दै उपन्यासको शीर्षक के कस्तो देखिन्छ भन्ने विषय पनि अध्ययनमा समेटिएको छ । यसरी कृतिनिर्माण गर्न संरचक घटकहरूलाई नै आधार बनाएर अध्ययन गरिएको यो कृति विधातात्विक दृष्टिले पूर्ण रचना भएको उत्कृष्ट रचना हो भन्ने कुरा पुष्टि भएको छ । यस अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययनबाट कृतिका सबै घटकहरूको अध्ययन तथा विश्लेषण हुन गई पाठकलाई समग्र कृति बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ l

Downloads

Download data is not yet available.
Abstract
30
PDF
28

Author Biography

नित्यानन्द Nityananda खतिवडा Khatiwada, पिण्डेश्वरविद्यापीठ धरान

उपप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-11-09

How to Cite

खतिवडा Khatiwada न. N. (2023). औपन्यासिक तत्वका दृष्टिले घामका पाइलाहरू उपन्यास . शोधसुधा Shodh Sudha, 1(1), 97–113. https://doi.org/10.3126/ss.v1i1.59817

Issue

Section

Articles