रत्नावली नाटिकामा छन्दविधान

Authors

  • रमेश Ramesh घिमिरे Ghimire पिण्डेश्वर विद्यापीठ, धरान

DOI:

https://doi.org/10.3126/ss.v1i1.59826

Keywords:

समपादात्मक, द्विपदी, नाटिका, विषमपादात्मक, शिष्टपरम्परा

Abstract

संस्कृत नाटककार हर्षवर्धनरचित रत्नावली नाटिकामा जम्मा पन्ध्रवटा छन्दको प्रयोग भएको छ । तीमध्ये अनुष्टुप् आठ अक्षरात्मक छन्द हो भने उपजाति (उपेन्द्रवज्रांइन्द्रवज्रा), शालिनी, प्रहर्षिणी, वसन्ततिलक, मालिनी, शिखरिणी, पृथ्वी, हरिणी, शार्दूलविक्रीडित र स्रग्धरा गरी जम्मा दशवटा छन्द चाहिँ समपादात्मक वार्णिक छन्दअन्तर्गत पर्दछन्। यसै गरी पुष्पिताग्रा विषमपादात्मक वार्णिक छन्द हो । आर्या छन्द संस्कृत परम्परामा प्रसिद्ध मात्रिक छन्द हो । गाथा र द्विपदी गीति छन्द प्राकृत काव्यपरम्परामा लोकप्रिय बनेका छन्द हुन्। छन्दवैविध्य यस नाटिकाको विशेषता बनेको छ । विषय र भावका कोणबाट पनि यस नाटिकामा प्रयुक्त छन्दहरूले शास्त्रीय निर्देशनलाई सामान्यतया अनुपालन गरेकै देखिन्छ । संस्कृत नाट्यसाहित्यमा यति र यसरी यस्ता शास्त्रीय छन्दको प्रयोग हुनुपर्छ भनेर शास्त्रीय विधान नदेखिए पनि छन्दप्रयोग शिष्टपरम्परासिद्ध रहेको छ । तदनुसार यस नाटिकामा प्रयुक्त छन्दहरू काव्यसौन्दर्यका सिर्जनामा अनुकूल र सहायक रहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
25

Author Biography

रमेश Ramesh घिमिरे Ghimire, पिण्डेश्वर विद्यापीठ, धरान

सहप्राध्यापक, साहित्य विभाग

Downloads

Published

2023-11-09

How to Cite

घिमिरे Ghimire र. R. (2023). रत्नावली नाटिकामा छन्दविधान . शोधसुधा Shodh Sudha, 1(1), 114–129. https://doi.org/10.3126/ss.v1i1.59826

Issue

Section

Articles