आकाश उपन्यासमा नारीवादी चेतना

Authors

  • Nityananda Khatiwada नेपालसंस्कृतविश्वविद्यालयः

DOI:

https://doi.org/10.3126/ss.v3i03.83516

Keywords:

पीडित, लैङ्गिक समानता, सङ्घर्ष, समानान्तर, सशक्तीकरण

Abstract

प्रस्तुत लेख नारीवादी चेतनाका आधारमा समानान्तर आकाश उपन्यासको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा कृति अवलोकन, पूर्वकार्यको अवलोकन आदि स्रोतबाट तथ्य सङ्कलन गरिएको छ । यस अध्ययनमा शीर्षक, सारसङ्क्षेप, विषयपरिचय, सैद्धान्तिक पर्याधार र मूलपाठको अध्ययन गरी निष्कर्षमा पुगिएको छ । समानान्तर आकाश नारीवादी उपन्यासकार पद्मावती सिंहको उपन्यास हो । यहाँ एउटी नारीद्वारा, सुनिएको, भोगिएको नारी मानसिकता, विभिन्न नारी वेदनालाई विषयसन्दर्भ बनाइएको छ । उपन्यासमा म पात्र सुस्मिताका माध्यमबाट सहर र गाउँ सबैतिरका नारीहरूले भोग्ने पीडा समान भएकाले नारीहरू शिक्षित नभएसम्म समानान्तर आकाश प्राप्ति नहुने देखाइएको छ । नारी र पुरुष समान भए पनि परम्परादेखि नै अनेक बहानामा नारीहरू शोषणमा परिरहेका छन् । लैङ्गिक विभेदको अन्त्य गरी समान अधिकारका लागि नारीहरू आत्मनिर्भर र सशक्त हुनुपर्छ भन्ने नारीवादी चिन्तनको अभिव्यक्ति यहाँ रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
50
PDF (नेपाली)
27

Author Biography

Nityananda Khatiwada, नेपालसंस्कृतविश्वविद्यालयः

उपप्राध्यापक- नेपाली

Published

2025-08-22

How to Cite

Khatiwada, N. (2025). आकाश उपन्यासमा नारीवादी चेतना. शोधसुधा Shodh Sudha, 3(03), 100–105. https://doi.org/10.3126/ss.v3i03.83516

Issue

Section

Articles