स्वप्नदृष्टि महाकाव्यको स्फोटवादी विश्लेषण {Explosives of the dream epic Analysis}

Authors

  • प्रेमप्रसाद Premprasad चौलागाईं Chaulagain त्रिचन्द्र बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/ss.v5i1-2.62532

Keywords:

स्फोट, प्रकरण, अपोद्धार, स्थितलक्षण, बुद्धिस्थ शब्द, Prakaran, Apodwar, sphot

Abstract

यो लेख स्फोटवादी मान्यताका आधारमा कवि रामप्रसाद ज्ञवालीद्वारा रचित ‘स्वप्नदृष्टि’ महाकाव्यको अध्ययनमा केन्द्रित छ । ‘स्फोट’ भनेको भाषाको सुनाइ वा पढाइबाट बन्ने मानसिक बिम्ब(बुद्धिस्थ शब्द) र त्यसबाट व्यक्त हुने अर्थ हो। यिनैशब्द र अर्थको विश्लेषण गर्ने सिद्धान्त स्फोटवाद हो। स्फोटवादले अपोद्धार र स्थितलक्षण गरी दुई किसिमका अर्थ मानेको छ । अपोद्धार अर्थ भनेको भाषिक संरचनाले व्यक्त गर्ने कोशीय र व्याकरणिक अर्थ हो भने स्थितलक्षण अर्थ चाहिँ वक्ता÷लेखक, श्रोता÷पाठक, परिस्थिति आदिका आधारमा व्यक्त हुने विशिष्ट अर्थ/भाव वा विचार हो। प्रस्तुत महाकाव्यको शीर्षक ‘स्वप्नदृष्टि’ले अपोद्धार अर्थका तहमा ‘सपनाको हेराइ’भन्ने बुझाएको छ भने स्थितलक्षण अर्थका तहमा ‘सुन्दर भविष्यको कल्पनात्मक अवलोकन’ वा ‘आशावादी जीवनदृष्टि‘लाई बुझाएको छ । यस महाकाव्यमा उत्कृष्ट कलात्मक शैलीमा संसार सुखी भएको हेर्ने कविचाहना र त्यसलाई साकार पार्ने दृष्टि प्रस्तुत भएको छ । साध्य सुखलाई प्राप्त गर्ने साधनका रूपमा चाहिँ श्रम, ज्ञान, कुकर्मत्याग, समभाव र खुसीलाई लिइएको छ । यिनै साधनको फलकभित्र कर्तव्य, समर्पण, देशप्रेम, मानवता, पुरुषार्थ, श्रमजीवीप्रतिको पक्षधरता,पुँजीवादी र समाजवादी मुलुकका बिचको द्वन्द्व, शक्तिशाली मुलुकले कमजोर देशमाथि राख्ने हेपाहा प्रवृत्ति आदि बहुविध विषयकोअभिव्यञ्जन भएको छ । समग्रमा भन्दा यस महाकाव्यबाट श्रमप्रति निष्ठावान्, ज्ञानी, कुकर्मप्रति घृणा गर्ने, सबैमा समभाव राख्ने र सधैँ खुसी रहन सक्ने व्यक्ति नै सुखी हुन्छ र यसरी सबै व्यक्ति सुखी हुँदा संसार सुखी हुन्छ भन्ने पञ्चसूत्रात्मक जीवनदृष्टि प्रस्तुत भएको छ । यही नै यस महाकाव्यको स्थितलक्षण अर्थ हो। स्थितलक्षण अर्थ काव्यकृति मूल्याङ्कनको मुख्य मापक भएकाले यसका आधारमा भन्दा यो काव्य नेपाली महाकाव्यपरम्परामा भावाभिव्यञ्जनका दृष्टिले शाकुन्तलपछिको र विचार प्रस्फुटनका दृष्टिले शाकुन्तल र तरुण तपसीको समकक्षी काव्यकृतिका रूपमा रहेको छ भन्ने यस लेखको निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
21

Author Biography

प्रेमप्रसाद Premprasad चौलागाईं Chaulagain, त्रिचन्द्र बहुमुखी क्याम्पस

उप–प्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

चौलागाईं Chaulagain प. P. (2021). स्वप्नदृष्टि महाकाव्यको स्फोटवादी विश्लेषण {Explosives of the dream epic Analysis}. Saraswati Sadan सरस्वती सदन, 5(1-2), 1–14. https://doi.org/10.3126/ss.v5i1-2.62532

Issue

Section

Articles