अनिदो पहाडसंगै उपन्यासको समाजशास्त्र : प्रजाति, क्षण र परिवेशका सन्दर्भमा {The Sociology of the Novel with Anido Pahad: In Context of Species, Moment and Setting}

Authors

  • चन्द्रमान Chandraman श्रेष्ठ Shrestha Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/ss.v5i1-2.62551

Keywords:

मानसिक संरचना Manasik Samrachana, साहित्यको समाजशास्त्र Sahityako Samajshastra, प्रजाति Prajati, क्षण, परिवेश

Abstract

प्रस्तुत शोधलेखमा पारिजातद्वारा लेखिएको अनिदो पहाडसँगै उपन्यासको समाजशास्त्रीय अध्ययन गरिएको छ । यस शोधलेखमा साहित्यको समाजशास्त्रअन्तर्गतका विभिन्न विचार पद्धतिमध्ये हिप्पोली तेनद्वारा प्रतिपादित प्रत्यक्षवादी विधेयवादी धाराअन्तर्गतका प्रजाति, क्षण र परिवेशसम्बन्धी मान्यताका आधारमा ‘अनिदो पहाडसँगै’ उपन्यासको अध्ययन गरिएको छ । यस क्रममा उपन्यासमा के कस्ता प्रजातिगत विशेषता प्रकट भएका छन् र त्यसमा पारिजातको प्रजातिगत विशेषताको कस्तो प्रभाव परेको छ भन्ने अध्ययन गर्नुका साथै उपन्यासले तत्कालीन नेपाली समाजको युगीन चिन्तन र भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेशलाई कसरी चित्रण गरेको छ भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयत्न गरिएको छ ।अध्ययनको अन्त्यमा ‘अनिदो पहाडसँगै’ उपन्यासमा नेपाली समाजको चरित्रअनुरूप विभिन्न प्रजातिका पात्रहरूको प्रयोग भए पनि मङ्गोल प्रजातिका पात्रहरूको सशक्त उपस्थिति रहेकाले प्रजातिगत विशेषताको सघन अभिव्यक्ति भएको र तत्कालीन नेपाली समाजको युगीन चेतनालाई प्रस्तुत गर्नुका साथै सामाजिक, आर्थिक, राजनीतिक परिवेशको स्पष्ट चित्र उतारिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
19

Author Biography

चन्द्रमान Chandraman श्रेष्ठ Shrestha, Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

उप–प्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

श्रेष्ठ Shrestha च. C. (2021). अनिदो पहाडसंगै उपन्यासको समाजशास्त्र : प्रजाति, क्षण र परिवेशका सन्दर्भमा {The Sociology of the Novel with Anido Pahad: In Context of Species, Moment and Setting}. Saraswati Sadan सरस्वती सदन, 5(1-2), 50–62. https://doi.org/10.3126/ss.v5i1-2.62551

Issue

Section

Articles