शोधसामग्रीको सङ्कलन र व्यवस्थापन {Collection and Management of Research Materials}

Authors

  • गोविन्दप्रसाद Govindaprasad लुइटेल Luitel Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

Keywords:

सामान्यीकरण, उद्धरण विधि, डिवी प्रणाली, परिभाषीकरण, पुस्तक सूचीपत्र

Abstract

प्रस्तुत अध्ययन शोधकार्यअन्तर्गत सामग्रीको सङ्कलन र व्यवस्थापनको सैद्धान्तिक आधार स्थापनामा केन्द्रित छ । शोधमा सामग्रीको सङ्कलन र व्यवस्थापन भन्नाले निश्चत विधि वा ढाँचामा आधारित रहेर सामग्रीको सम्यक् सङ्कलन र त्यसको उचित व्यवस्थापन गर्नु भन्ने बुझिन्छ । यस अध्ययनमा खास गरी शोधसामग्रीको सङ्कलन र व्यवस्थापनभित्र पर्ने कार्यहरूको सैद्धान्तिक पक्षको बृहत् चर्चा गर्दै तिनको सैद्धान्तिक मानदण्ड प्रस्तुत गरिएको छ । यसक्रममा शोधलाई व्यवस्थित, वस्तुपरक एवम् वैज्ञानिक बनाउन शोधमा सामग्रीको स्रोत पत्ता लगाई शोधको प्रकृतिअनुसार सामग्रीको सङ्कलन पुस्तकालीय, क्षेत्रकार्य र प्रयोगशालीय कार्यबाट गर्न सकिने आधार प्रस्तुत गरिएको छ । यस अध्ययनमा पुस्तकालीय कार्यअन्तर्गत गरिने थप कार्य तथा यसको निश्चित विधिको सैद्धान्तिक स्वरूप प्रस्तुत गर्दै सामग्री सङ्कलनको क्षेत्रकार्यमा सैद्धान्तिक र प्राविधिक उपकरणहरूको जानकारी तथा सैद्धान्तिक उपकरणभित्र अवलोकन, प्रश्नावली तथा अन्तर्वार्ता जस्ता पक्षको समुचित प्रयोग सम्बन्धी विस्तृत सैद्धान्तिक आधार पनि प्रस्तुत गरिएको छ । यससँगै सामग्री सङ्कलन गर्दा नमुना छनौट महŒवपूर्ण कार्य भएकाले यसको सैद्धान्तिक पक्षलाई चिनाउँदै यस अध्ययनमा सामग्री व्यवस्थापनअन्तर्ग सामग्रीको रुजु एवम् सम्पादन, सामग्रीको व्याख्याविश्लेषण, निष्कर्षण एवम्सामान्यीकरण तथा शोधप्रतिवेदन लेखन कार्य सम्पन्न गर्दा शोध व्यवस्थित रूपमा सम्पन्न हुन्छ भन्ने निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।

Abstract
235
PDF
0

Author Biography

गोविन्दप्रसाद Govindaprasad लुइटेल Luitel, Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

शोधसामग्रीको सङ्कलन र व्यवस्थापन {Collection and Management of Research Materials}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 126-142. https://doi.org/10.3126/ss.v5i1-2.62563

Issue

Section

Articles

How to Cite

शोधसामग्रीको सङ्कलन र व्यवस्थापन {Collection and Management of Research Materials}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 126-142. https://doi.org/10.3126/ss.v5i1-2.62563