उत्तरवर्ती नेपाली कवितामा सीमान्तीय चेतना

Authors

  • तुलसीप्रसाद Tulasi prasad गौतम Gautam

Keywords:

आदिवासी जनजाति,, केन्द्रीकृत शासन,, पितृसत्ता,, लैङ्गिक पहिचान,, सीमान्तीय चेतना

Abstract

प्रस्तुत लेख उत्तरवर्ती नेपाली कवितामा सीमान्तीय चेतनासम्बन्धी अध्ययनमा केन्द्रित छ । यो लेख गुणात्मक प्रकृतिको रहेको छ । यस अनुसन्धानका लागि सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा उत्तरवर्ती चरणमा क्रियाशील कविहरू श्रणव मुकारुङ, रामप्रसाद ज्ञवाली, प्रगति राई, वियोगी काइँला, सुमिना र जुनू रानाका कविताहरूलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने सीमान्तीय चेतनाको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको   छ । यसमा उपर्युक्त कविका कवितामा सीमान्तीय चेतना के–कसरी मुखरित भएको छ भन्ने कुराको विश्लेषण उनीहरूकै कविताका साक्ष्यमा गरिएको छ । यसमा मुख्यतः आदिवासी जनजाति, महिला, दलित आदि वर्गका सीमान्तीय चेतनाको विश्लेषण गरिएको छ । कवितामा सीमान्तीय चेतना विश्लेषणका लागि यसमा वर्णनात्मक र विश्लेषणात्मक पद्धति प्रयोग गरिएको छ । यस अध्ययनले एकल जाति, भाषा, धर्म, संस्कृतिलाई प्राथमिकता दिने केन्द्रीकृत शासन प्रणालीका कारण नेपालका आदिवासी जनजाति, महिला, दलित जस्ता समुदायहरू सीमान्तीकृत हुनु परेको हुँदा अबको राजनीतिले सम्पूर्ण नेपालीलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक आदि सबै क्षेत्रमा समान अवसर दिई एउटै मूलधारमा समेट्नुपर्छ भन्ने समावेशी विचार स्थापित गरेको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
106
PDF
0

Author Biography

तुलसीप्रसाद Tulasi prasad गौतम Gautam

नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि, नेपाल

Downloads

Published

2024-08-09

How to Cite

उत्तरवर्ती नेपाली कवितामा सीमान्तीय चेतना. (2024). Saraswati Sadan सरस्वती सदन, 10(1-2), 65-75. https://doi.org/10.3126/ss.v10i1-2.68619

Issue

Section

Articles

How to Cite

उत्तरवर्ती नेपाली कवितामा सीमान्तीय चेतना. (2024). Saraswati Sadan सरस्वती सदन, 10(1-2), 65-75. https://doi.org/10.3126/ss.v10i1-2.68619