वाक् क्रिया सिद्धान्तको अवधारणा र प्रयोग (Concept and Application of Verb Theory)

Authors

  • शिव Shiba प्रसाद Prasad तिमल्सेना Timalsena काठमाडौँ शिक्षा क्याम्पस

DOI:

https://doi.org/10.3126/sss.v22i1.51569

Keywords:

वाक् क्रिया, अन्तर क्रिया, सम्प्रेषण, सम्पादनकारी क्रिया, कार्य सम्पादन, आवश्यक सर्त

Abstract

प्रस्तुत लेख अस्टिनद्वारा प्रतिपादित तथा सर्लद्वारा सिद्धान्तीकृत वाक् क्रिया  सिद्धान्तको सैद्धान्तिक अवधारणा र प्रयोगको चर्चामा केन्द्रित रहेको छ । भाषिक उच्चारका माध्यमबाट सम्पन्न हुने कार्यको अध्ययन वाक् क्रिया सिद्धान्तले गर्दछ । वक्ताले प्रयोग गरेको भाषाले सूचनाका साथसाथै कार्य पनि सम्पादन गर्दछ भन्ने मान्यता यस सिद्धान्तले राखेको छ । वाक् क्रिया  हुनका लागि अस्टिनले सम्पादनकारी क्रिया आवश्यक ठानेका छन् भने सर्लले कार्य सम्पादन गर्न सक्ने जुनसुकै क्रिया  पनि सम्पादनकारी हुन सक्छन् भनेका छन् । सर्लका विचारमा वक्ताको भाषिक उच्चारबाट सामान्य भाषिक कार्य, श्रोतालाई प्रेरित गर्ने कार्य र श्रोतालाई पर्ने प्रभावका बारेमा अध्ययन गर्न सकिन्छ । सर्लले कार्य सम्पादनका आधारमा वाक् क्रिया लाई निश्चयार्थक, निर्देशनात्मक, प्रतिज्ञामूलक, अभिव्यक्तिमूलक र घोषणात्मक तथा अर्थका आधारमा प्रत्यक्ष र अप्रत्यक्ष गरी वर्गीकरण गरेका छन् । यिनै सन्दर्भमा प्रस्तुत लेखमा वाक् क्रियाका सम्बन्धमा अस्टिन र सर्लद्वारा अघि सारिएका मान्यता, प्रकार, वाक् क्रिया हुनका लागि आवश्यक सर्तहरु तथा वाक् क्रिया  सिद्धान्तको व्यावहारिक प्रयोगका सम्बन्धमा विस्तृत चर्चा गरिएको छ । गुणात्मक ढाँचामा संरचित प्रस्तुत लेखका लागि आवश्यक सामग्री सङ्कलन पुस्तकालयीय पद्धतिका माध्यमबाट गरिएको छ भने तिनको आवश्यक व्याख्या भाषिक वर्णन तथा उदाहरणका माध्यमले गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
27
PDF
13

Downloads

Published

2021-12-31

How to Cite

तिमल्सेना Timalsena श. S. प. P. (2021). वाक् क्रिया सिद्धान्तको अवधारणा र प्रयोग (Concept and Application of Verb Theory). Shiksha Shastra Saurabh, 22(1), 1–9. https://doi.org/10.3126/sss.v22i1.51569

Issue

Section

Articles