स्नातकोत्तर तहमा भएका भाषिक अनुसन्धानको अवस्था (Condition of Linguistic Research Conducted in Master Degree)

Authors

  • हर्क Harka बहादुर Bahadur शाही Shahi सुर्खेत शिक्षा क्याम्पस

DOI:

https://doi.org/10.3126/sss.v22i1.51579

Keywords:

अनुसन्धान, भाषा, भाषिका, लोक साहित्य, भारत, मांगल, गालि

Abstract

त्रिभुवन विश्व विद्यालयको शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा शोधपत्र लेखनका लागि निर्धारण गरिएका अनुसन्धानका क्षेत्रमध्ये भाषिक अनुसन्धान पनि एक हो । यस अन्तर्गत भाषाको व्याकरणिक अध्ययन, भाषिका, भाषिक भेद सम्बन्धी अनुसन्धान गरिन्छ । यसमा भाषाका विशेषता पत्ता लगाउनुका साथै अन्य भाषा भाषिका संग तुलना गरिन्छ । सुर्खेत क्याम्पस शिक्षाबाट स्नातकोत्तर नेपाली शिक्षामा २०७५ सालसम्म भएका भाषा सम्बन्धी शोधको क्षेत्र पहिचान गरी त्यसको व्याख्या र विश्लेषण गर्ने उद्देश्य रहेको यस लेखमा नेपाली शिक्षा विभाग र क्याम्पसको पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको छ । विभागमा विभिन्न क्षेत्रका ४८८ ओटा शोध भएको र भाषा सम्बन्धी ७८ ओटा शोधपत्रलाई मात्र उद्देश्यमूलक नमुना छनोट विधिको उपयोग गरी छनोट गरिएको छ । छानिएका शोधमा भाषिका र भाषिक भेदको तुलना र व्याकरणात्मक अध्ययन क्षेत्र अन्तर्गत २३ (२९ प्रतिशत), भाषा, भाषिकाको कोशीय, तुलनात्मक र व्याकरणगत अध्ययन अन्तर्गत २८ (३६ प्रतिशत) र लोक साहित्यमा भाषाको अध्ययन अन्तर्गत २७ (३५ प्रतिशत) शोध भएका छन् । भाषिका र भाषिक भेदको स्तरीय नेपालीस“ग व्याकरणात्मक कोटि, नाम, क्रियापद, शब्दवर्ग, कारक विभक्ति र पदकोटिगत तुलना गरिएको छ । कालीकोटे, बाजुराली, सिँजाली, रुकुमेली, सिम्ताली, मुगाली र हुम्ली भाषिका, राउटे (खाम्ची), मगर, मगर पाङ/खाम भाषाका शब्दकोशीय अध्ययन भएको छ । जुम्ली, जाजरकोटी, रुकुमेली भाषिक भेदको अनुकरणात्मक कोश पनि निर्माण भएका छन् भने मगर ढुट र कालीकोटे भाषिक भेदको क्रियाकोश निर्माण भएका छन् । कालीकोट र दुल्लुका धामी झाँक्रीले बोल्ने भाषाका शब्दको सङ्कलन गरी कोश निर्माण गरिएको छ । त्यसै गरी कृषि र सुनचाँदी  व्यवसायीको पार्सी भाषाका प्रयोजनपरक नेपालीको पनि शब्दकोशीय अध्ययन भएको छ । थारू, अवधी भाषा र असिदराली, हुम्ली तिब्रीकोटी भाषिक भेद र रुकुम जहारी क्षेत्र, सुर्खेत सिम्ता क्षेत्रका उखान र सिँजा दरा, दुल्लु क्षेत्र, जुम्ला पान्सय दरा र सिम्ता दराका संस्कार गीतमा प्रयुक्त भाषाको शोध भएको पाइन्छ । जाजरकोट दसेरा क्षेत्र, दैलेख माझखण्ड र कालीकोट सान्नी रास्कोट क्षेत्रका पर्वोत्सव गीतमा प्रयोग भएको भाषा र कालीकोट दैलेखको आठबिस क्षेत्रमा गाइने देउडा, रुकुम कोट क्षेत्र र सुर्खेत सिम्ता दरामा प्रचलित लोककथा, सिंगारू र टप्पा गीत कालीकोट रास्कोटमा गाइने माँगल र झोडा, जाजरकोट लहँ क्षेत्रमा प्रचलित ख्याली गीत र कालीकोटे भाषिक भेदको गालीमा प्रयोग भएको भाषाको समेत शोध भएको छ । यसरी सुर्खेत क्याम्पस शिक्षाबाट भाषा र भाषिकाको कोशीय अध्ययन धेरै भएको छ भने व्याकरणिक र तुलनात्मक अध्ययन कम भएको छ । लोक साहित्यमा भाषाको अध्ययन भने दोस्रो स्थानमा रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
12

Downloads

Published

2021-12-31

How to Cite

शाही Shahi ह. H. ब. B. (2021). स्नातकोत्तर तहमा भएका भाषिक अनुसन्धानको अवस्था (Condition of Linguistic Research Conducted in Master Degree). Shiksha Shastra Saurabh, 22(1), 83–94. https://doi.org/10.3126/sss.v22i1.51579

Issue

Section

Articles