माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता

Authors

  • मालती खड्का उपप्रा., काठमाडौँ शिक्षा क्याम्पस

Keywords:

चिठी, सञ्चार, संज्ञानवाद, कार्यकलाप, मौलिकता, आविष्कार

Abstract

शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन गर्ने छात्रछात्राले विभिन्न माध्यमबाट आफ्नो अभिव्यक्ति प्रस्तुत गर्छन्। कोही चिठीको माध्यमबाट, कोही बोलेर, त कोही विभिन्न सङ्केतको माध्यमबाट सञ्चार गर्छन् । यस अध्ययनमा काठमाडौँ शिक्षा क्याम्पस, सतुङ्गल र ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थी (२० छात्र र २० छात्रा) को चिठी लेखन क्षमताको तुलनात्मक अध्ययन गरिएको छ। यसका साथै विद्यार्थीहरूको मौलिकता, रचनात्मकता र भाषिक शुद्धताको पनि अध्ययन गरिएको छ । चिठी लेखन क्षमताको अध्ययनले शिक्षण विधि, पाठ्यपुस्तकको तयारी तथा शैक्षिक क्रियाकलापको सङ्गठनिक पक्षलाई सघाउ पु¥याउँछ। शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित बनाउन तथा शिक्षण सिकाइ क्रियाकलापमा नयाँ नयाँ पद्धतिको प्रयोग गर्न आवश्यक छ भन्ने कुरा अध्ययनले देखाएको छ। शिक्षण सिकाइ विद्यार्थीको क्षमता, रुचि, आवश्यकता तथा लगनशीलताले मात्र प्रभावकारी हुन्छ भन्ने निष्कर्ष पनि अध्ययनले निकालेको छ । यस अध्ययनले माध्यमिक तहका छात्र र छात्राहरूको चिठी लेखन क्षमताको मौलिकता, रचनात्मकता र भाषिक शुद्धताको अवस्थालाई उजागर गरेको छ। यसले शिक्षकहरूलाई विद्यार्थीको लेखन सिप विकास गर्न थप रणनीति बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। यसका साथै, विद्यार्थीहरूलाई आफ्नो लेखन क्षमता पहिचान गरी सुधार गर्न पनि यो अध्ययन उपयोगी हुन सक्छ ।

 

 

Abstract
228
PDF
24

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

खड्का म. (2024). माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता. Shiksha Shastra Saurabh, 24, 169-178. https://doi.org/10.3126/sss.v24i1.75387