नेपालमा लोपोन्मुख भाषाहरूको स्थिति {Status of Endangered Languages ​​in Nepal}

Authors

  • हेमा Hema जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/sudurpaschim.v1i1.63468

Keywords:

सङ्कटापन्न, मातृभाषा, मृतभाषा, भाषायोजना, विकासशील

Abstract

प्रस्तुत आलेख नेपालका लोपोन्मुख भाषाहरूको स्थितिबारे अध्ययनमा केन्द्रित छ । वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा १२४ भाषाहरू प्रयोग व्यवहारमा रहेको तथ्याङ्क पाइन्छ । नेपालमा भाषाहरूबारे व्यवस्थित सर्वेक्षण नहुँदा भाषाहरूको स्थिति र सङ्ख्याहरूमा विश्वसनीयता नभए पनि यी तथ्याङ्कहरूमा नेपालमा २७ भन्दा बढी भाषाहरूका वक्ता सङ्ख्या कम देखिनुले धेरै भाषाहरू अपक्षयको स्थितिमा रहेको प्रष्ट हुन्छ । गैररैथाने भाषाहरूलाई समावेश नगर्ने हो भने पनि २१ जति भाषाहरू अत्यन्त लोपोन्मुख (मृतप्रायः) अवस्थामा रहेका छन् । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कल्न गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क , प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । बहुभाषिक मुलुकमा भाषाबारे व्यवस्थित भाषानीति र योजना आवश्यक हुन्छ । प्रस्तुत अध्ययनमा पनि व्यवस्थित भाषायोजनाका प्रयास भए पनि लोपोन्मुख भाषाहरूको संरक्षण संवर्धनले आवश्यक गति लिन सकेको छैन । केही भाषाहरूको वर्णनिर्धारण, व्याकरण निर्माण, शब्दकोश निर्माण, पाठ सङ्कलन, इतिहास लेखनको काम भए पनि भाषा आयोग लगायतका भाषासँग सम्बन्धित सरकारी संस्थाहरूले अझै जिम्मेवारीका साथ लोपोन्मुख भाषाहरूको संरक्षण संवर्धन र विकासमा केन्द्रित हुनु पर्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
19

Author Biography

हेमा Hema जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2023-12-31

How to Cite

जोशी Joshi ह. H. . (2023). नेपालमा लोपोन्मुख भाषाहरूको स्थिति {Status of Endangered Languages ​​in Nepal} . Sudurpaschim Spectrum, 1(1), 209–229. https://doi.org/10.3126/sudurpaschim.v1i1.63468

Issue

Section

Articles