डोट्याली भाषाको वर्णव्यवस्था {Alphabet of Dotali language}

Authors

  • खगेन्द्र Khagendra जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/sudurpaschim.v1i1.63470

Keywords:

मुक्त विभेदकता, लघुतम युग्म, लघुतम एकाइ, संवर्ण

Abstract

प्रस्तुत लेख डोट्याली भाषाको व्याकरणव्यवस्थाको अध्ययनमा केन्द्रित छ । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भई कालीकर्णाली बिचको भूखण्डमा भाषिक व्यवहारमा प्रयुक्त भाषिक भेदहरूको समुच्चयलाई डोट्याली भाषाका रूपमा चिनिन्छ । केही विद्वान्हरू डोट्याली भाषलाई छुट्टै स्वतन्त्र भाषा नमानेर नेपाली भाषाकै भाषिका पनि मान्दछन् तर भाषावैज्ञानिक विश्लेषणका आधारमा हेर्दा डोट्याली भाषाको ध्वनिव्यवस्था, व्याकरणव्यवस्था, अर्थव्यवस्था र शब्दभण्डार नेपाली भाषाको भन्दा भिन्न रहेकाले डोट्याली नेपाली भाषाको भाषिका नभएर छुट्टै स्वतन्त्र भाषा हो भन्ने कुरा पुष्टि हुन्छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । डोट्याली भाषाका वर्णको पहिचान र निर्धारण गर्ने क्रममा अध्ययनका लागि आधार सामग्रीका रूपमा आवश्यक पर्ने लघुतम युग्महरू मूलतः क्षेत्रकार्यबाट सङ्कलन गरिएका छन् । केही सामग्री पुस्तकालय कार्यबाट पनि सङ्कलन गरिएको छ । त्यस्तै गरी सिद्धान्तसम्बद्ध सामग्री पूर्ण रूपमा पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । यसरी सङ्कलित सामग्रीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै निष्कर्षमा पुग्ने काम गरिएकाले सामग्रीको विश्लेषण गर्न आगमन विधिको उपयोग गरिएको छ । सामान्यतया मानकीकरण तथा स्तरीकरण हुन नसकेकाले हालसम्म पनि डोट्याली भाषाले स्पष्ट स्वरूप ग्रहण गर्न सकेको छैन तर डोटी क्षेत्रमा बोलिने भाषिक भेदहरूका बिचमा साझा विशेषताहरू पाउन सकिन्छ । यसरी डोट्याली भाषाको आफ्नै मौलिक वर्णव्यवस्था रहेको छ । प्रस्तुत अध्ययनमा डोट्यालीभाषाको वर्णव्यवस्थाको अध्ययन गर्ने कार्यलाई केन्द्रीय अभीष्ट बनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
20

Author Biography

खगेन्द्र Khagendra जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

जोशी Joshi ख. K. (2023). डोट्याली भाषाको वर्णव्यवस्था {Alphabet of Dotali language}. Sudurpaschim Spectrum, 1(1), 230–246. https://doi.org/10.3126/sudurpaschim.v1i1.63470

Issue

Section

Articles