पुर्चौडी क्षेत्रमा प्रचलित उखानको विषयगत वर्गीकरण {Thematic classification of popular proverbs in Purchaudi region}

Authors

  • सरिता Sarita जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/sudurpaschim.v1i1.63472

Keywords:

अनुभूति, आइना, जीवन्त, वक्ता, विश्वास, संवाहक

Abstract

प्रस्तुत आलेख पुर्चौडी क्षेत्रमा प्रचलित उखानहरुको विषयगत वर्गीकरण शीर्षकमा आधारित रहेको छ । अध्ययनको शोध्य समस्याको समाधानका लागी पुर्चौडी क्षेत्रमा प्रचलित उखानहरुलाई केन्द्रबिन्दु बनाएर स्थलगत सर्वेक्षण र सङ्कलन गरी विश्लेषण गरिएको छ । लोकसाहित्यको सैद्धान्तिक जगमा टेकेर पुर्चौडी क्षेत्रमा के कस्ता उखानहरुको प्रयोग गरिन्छ भन्ने पक्षको अध्ययन विश्लेषण गरिएको छ । अध्ययनलाई व्यवस्थित, प्रामाणित र गुणात्मक बनाउनका लागी सामाग्री सङ्कलन र विश्लेषण विधिको प्रयोग गरिएको छ । अध्ययनका लागी आवश्यक पर्ने सामाग्रीहरु प्राथमिक र द्धितीयक स्रोतबाट सङ्कलन गरिएको छ । लोक समुदायको भाषिक सम्पदा उखान सार्वभौम र सार्वकालिक हुने सन्दर्भको अध्ययन विश्लेषण गरिएको आलेखमा श्रुतिपरम्परामा रहेका उखानहरुको लोकविश्वासको आधारमा, नैतिक शिक्षाको आधारमा, धर्म संस्कृतिसम्बन्धी, जीवजन्तु र प्रकृतिसम्बन्धी गरी विषयगत वर्गीकरण गरिएको छ । आलेख तयार पार्दा सङ्कलित सामग्रीबाट प्राप्त तथ्याङ्कको मूल्याङ्कन र विश्लेषण गरी निष्कर्षसम्म पुग्नका लागि आगमनात्मक र निगमनात्मक दुवै विधिको प्रयोग गरिएको छ । आलेखमा उखान प्रयोगका स्रष्टा र संवाहक लोकसाहित्य कै व्यक्ति हुने भएकाले पुर्चौडी क्षेत्रका उखानहरु पनि त्यहीका जनजीवनका अभिव्यक्ति हुन्, अनुभूति हुन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
28

Author Biography

सरिता Sarita जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2023-12-31

How to Cite

जोशी Joshi स. S. (2023). पुर्चौडी क्षेत्रमा प्रचलित उखानको विषयगत वर्गीकरण {Thematic classification of popular proverbs in Purchaudi region}. Sudurpaschim Spectrum, 1(1), 247–260. https://doi.org/10.3126/sudurpaschim.v1i1.63472

Issue

Section

Articles