पोथी बास्नु हुँदैन कवितामा नारीवादी चेतना

Authors

  • Paramanand Joshi Far Western University

DOI:

https://doi.org/10.3126/sudurpaschim.v2i2.80506

Keywords:

पितृसत्ता, उत्तरआधुनिकता, प्रभुत्वशाली, अधिनस्थ, आधिपत्य, लक्ष्मण रेखा

Abstract

कुन्ता शर्मा (वि.स. २००३) ले समकालीन नेपाली कविताका क्षेत्रमा योगदान गरेको पाइन्छ । उनको ‘म उभिएको ठाउँ’ (२०५२) कविता सङग्रहमा सङ्ग्रहित ‘पोथी बास्न हुँदैन’ (२०४२) कविता गद्य ढाँचामा संरचित छ । यस कवितामा नारीमाथि गरिने विभेदपूर्ण व्यवहार र पक्षपातपूर्ण सामाजिक दृष्टिकोणप्रति व्यङ्ग्य गर्दै नारीवादी स्वर प्रकट गरिएको । नारीलाई मुक्ति दिन, उठाउन, आत्मनिर्भर बनाउन र नारी अधिकार एवं अस्तित्व प्राप्ति तथा समान अधिकारका निमित्त उत्प्रेरित गराउने सिद्धान्त नै नारीवादी हो र उल्लेखित किवतालार्इ नारीप्रतिको दृष्टकोण र व्यवहार पक्षपातपूर्ण छ भन्दै विभेदकारी पुरूष दृष्टिकोण र प्रवृतिमाथि व्यङ्ग्य गरिएको छ । नारीहरूमा जागरण तथा सचेतताको आवश्यकतातर्फ सङ्केत गरिएको, नारीहरूले पुरूषलार्इ मालिक मान्ने दास मनोवृत्ति त्याग्नुपर्ने र यन्त्रवत काममा मात्र खटेर मुक्ति प्राप्त नहुने, नारीमुक्तिका लागि सङ्घर्ष गर्न ठुलो आँट, बलियो एकता, साहस र विवेक प्रयोग गर्न सक्नु पर्ने नारीवादी स्वर प्रकट गरिएको पोथी बास्नु हुँदैन (२०४२) कवितामा नारीवादी चेतनाको प्रतीकात्मक अभिव्यक्ति गरिएको छ । नारीपुरूषका बिचको विभेदलार्इ हाटाएर समतामूलक स्वच्छ समाजको स्थापनाका लागि प्रस्तुत कविता प्रेरक र उपयोगी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
35

Author Biography

Paramanand Joshi, Far Western University

Asst. Prof. at Gokuleshwar Multiple Campus, Darchula 

Downloads

Published

2024-12-31

How to Cite

Joshi, P. (2024). पोथी बास्नु हुँदैन कवितामा नारीवादी चेतना. Sudurpaschim Spectrum, 2(2), 231–244. https://doi.org/10.3126/sudurpaschim.v2i2.80506

Issue

Section

Articles