माइतघर उपन्यासमा सामाजिक यर्थार्थ
DOI:
https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90885Keywords:
वस्तुपरकता, आत्मपरकता, रहस्यात्मकता, अतिवैयक्तिकता, अस्तुवादी, समकालीनताAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख लैनसिंह बाङ्देलको माइतघर (२००७) उपन्यासमा सामाजिक यथार्थको अध्ययनमा आधरित छ । सामाजिक यथार्थ भनेको संसारमा जुन वस्तु जस्तो छ, त्यस्तै रूपमा त्यसको चित्रण वर्णन गर्नुपर्छ भन्ने सिद्धान्त विशेष हो र त्यसको प्रस्तुति उनका उपन्यासमा केकसरी भएको छ भन्ने विषयलाई देखाउन उपन्यासको यथार्थवादी विश्लेषण पद्धति पहिचान गरिएको छ । यस लेखमा बाङ्देलको माइतघर उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा तथा सामाजिक यथार्थसम्बन्धी सिद्धान्त एवम् विश्लेष्य उपन्याससँग सम्बन्धित अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा उपन्यासका आधारभूत संरचक वा उपकरणका रूपमा रहेका कथावस्तु, चरित्र, परिवेश र भाषाशैली जसमा सामाजिक यथार्थको टड्कारो अभिव्यक्ति भएको हुन्छ तिनै औपन्यासिक संरचकहरूको वस्तुपरक विश्लेषण गरेर उपन्यासभित्रका सामाजिक यथार्थवादी आधारभूत प्रवृत्तिको निक्र्यौल गरिएको छ । यसमा नेपाली सामाजिक जीवनको यथार्थका साथै अव्यक्तताभित्र गुम्सिएको मनोवैज्ञानिक रूपलाई समेत उद्घाटन गरिएको छ । सानैदेखि छिमेकीका रूपमा हुर्केका हरि र सानीको दुःखान्त प्रेमकथा यस उपन्यासको सार हो । मुख्यतः दार्जिलिङको राजवाडी गाउँ र अंशतः इलामको परिवेशमा केन्द्रित यसमा त्यस ठाउँको प्राकृतिक र भौगोलिक परिचयका साथै सामाजिक, सांस्कृतिक परिवेशको चित्रण जीवन्त ढङ्गमा गरिएको छ । मध्यम र निम्नवर्गीय सामाजिकता चित्रित यस उपन्यासको वातावरण त्रासद र कारुणिक छ । औपन्यासिक पात्रले झेल्नु परेका अनेक घटनाको यथार्थमूलक प्रस्तुतिका साथै मध्यम र निम्नवर्गीय पात्रका जीवनका यथार्थलाई पात्रको स्तरअनुरूप सरल, सहज र स्वाभाविक भाषाशैलीय विन्यासका माध्यमबाट अभिव्यक्ति गरिएको छ । त्यसैले यो एउटा सामाजिक यथार्थवादी उल्लेख्य उपन्यास भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.