‘बेँसीतिर’ कथामा सीमान्तीयता
DOI:
https://doi.org/10.3126/taj.v4i1.88193Keywords:
आवाज, पहिचान, प्रतिरोध, प्रभुता, सीमान्तीयAbstract
प्रस्तुत अनुसन्धानको मूल उद्देश्य ‘बेँसीतिर’ कथामा सीमान्तीय पक्षको खोजी गर्नु र उक्त कथालाई सीमान्तीय सिद्धान्तका आधारमा अध्ययन, विश्लेषण गर्नु रहेको छ । सीमान्तीय पक्षको पहिचान गर्ने सन्दर्भमा प्रस्तुत कथालाई वर्गीय÷आर्थिक, लैङ् गिक, जातिगत, उमेरगत, सांस्कृतिक, वैचारिक पहिचान, प्रतिरोध, आवाजलगायतको कोणबाट हेर्दा उक्त कथामा सीमान्तीयताको प्रयोग कुशल ढङ् गले गरिएको छ भन्नु यस अनुसन्धानको दाबी हो । प्रस्तुत अनुसन्धान गुणात्मक विधि, उत्तरआधुनिक दर्शन र व्याख्यावादी पद्धतिमा आधारित छ । यसका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ् कलन गरी सीमान्तीय सिद्धान्तका आधारमा विवेच्य कथाको विश्लेषण र मूल्याङ्कन गरिएको छ । निम्न वर्गीय किसान परिवारको दिनचर्यामा आधारित ‘बेँसीतिर’ कथामा वर्गीय, लैङ्गिक, जातीय, वैचारिक, सांस्कृतिक, उमेरगतलगायतका सीमान्तीयताहरू पाइन्छन् । कथामा आर्थिक सीमान्तीयता सघन छ भने अन्य सीमान्तीयता आर्थिक पक्षसँग आएका छन् । कथाका सीमान्त वर्ग पात्रको प्रतिरोधी क्षमता उच्च भए पनि पहिचान बनिसकेको देखिँदैन । कथामा सीमान्त पात्रको सामथ्र्य र सम्भावना प्रचुर छ । प्रतिरोधी क्षमता तीव्र छ तर उनीहरू आवाजविहीन र निरीह देखिन्छन् । कथामा प्रभुताको उपयोग सम्भ्रान्त वर्ग ले गरेका छन् तर सीमान्त पात्र सदियौँदेखि प्रभुताबाट बञ्चित छन् । कथामा सीमान्त पात्र÷वर्ग उपेक्षित, किनारीकृत र शोषित देखिन्छन् । लेखक पक्षधरता सीमान्त वर्गप्रति रहेको देखिन्छ भन्ने यस अनुसन्धानको निष्कर्ष रहेको छ । सीमान्तीय अध्ययनमा रुचि राख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
© Triyuga Janata Multiple Campus