लिम्बू भाषा र नेपाली भाषाको पदवर्गको तुलना
DOI:
https://doi.org/10.3126/taj.v4i1.88195Keywords:
तुलनात्मक, साम्य र वैषम्य, वर्गीकरण, पदवर्ग, भिन्नताAbstract
प्रस्तुत लेख लिम्बू र नेपाली भाषाका शब्दवर्गको तुलना र लिम्बू भाषामा त्यसको प्रभाव विश्लेषणका उद्देश्यले तयार पारिएको हो । परम्परित नेपाली व्याकरणानुसार कोशीय तथा
संरचनागत आधारमा अनुसन्धान गरिएको यस लेखमा उद्देश्यमूलक नमुनाबाट प्राप्त प्राथमिक सामग्रीहरूलाई तुलना गरी वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । इलाम जिल्लाको देउमाई, लारुम्बा र माई नगरपालिका क्षेत्रका लिम्बू भाषी वक्ताहरूबाट सामग्री सङ् कलन गरिएको छ । नेपाली व्याकरणमा प्रचलित शब्दवर्गको सैद्धान्तिक आधारमा लिम्बू र नेपाली भाषाका शब्दवर्गलाई तुलना गर्दा लिम्बू भाषाका नाम वर्ग र यसका विभिन्न उपवर्गमा नेपाली भाषाको प्रभाव खासै नपरेको पाइन्छ । सर्वनाममा पनि त्यस्तो स्थिति छैन । सर्वनाम शब्दवर्ग बन्दवर्ग हो । त्यसमा नेपाली भाषामा जति लिम्बू भाषामा सर्वनामको प्रयोग भएको पाइँदैन । खास गरी लिम्बू भाषामा आदरार्थी सर्वनाम शब्दको अभाव देखिएको छ । लिम्बू भाषामा विशेषणका तीन भेद मात्र छन् । यस भाषामा सङ्ख्यावाची विशेषणको अभाव रहेको छ । लिम्बू भाषामा पनि विभिन्न क्रियापद रहेका छन् । यस भाषाको धातुमा ‘मा’ प्रत्यय लागेर क्रियामूलको निर्माण भएको पाइन्छ । लिम्बू भाषाको क्रियामूलमा ‘आब’ प्रत्यय लागेर प्रेरणार्थक क्रियापदको निर्माण हुन्छ । यस किसिमका पदवर्गहरू लिम्बू भाषामा पाइन्छन् । लिम्बू र नेपाली भाषाका पदवर्गबिच समानता भन्दा भिन्नता बढी भएको निष्कर्ष निकालिएको छ । नेपाली भाषाका शब्दवर्गको प्रभाव लिम्बूभाषी वक्तामा पर्न गएको पाइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
© Triyuga Janata Multiple Campus