पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद

Authors

  • अम्बुभवानी Ambubhawani कार्की Karki तेजगंगा बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक

Keywords:

आख्यान, निराशा, विसङगति, अन्र्तसम्बन्ध

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख पारिजातका आख्यानमा विसङगतिवाद अन्तर्गतको दशवटा मानक सिद्धान्त मध्ये निराशावाद अध्ययनमा केन्द्रित छ । पारिजातका उपन्यासहरु मध्ये उनको औपन्यासिक यात्रा २०२२-२०३० सम्मको पूर्वाद्धकाललाई लिइएको छ । यस चरणमा उनले ‘शिरिषको फूल’ (२०२२), ‘महत्ताहीन’ (२०२५), ‘बैसका मान्छे’ (२०२९) तीनवटा उपन्यास देखा परेका छन । यस अध्ययनमा तीन उपन्यासका निराशावादलाई केलाइएको छ । वर्तमान मान्छेले निराशामात्र भोगेको सन्दर्भ प्रस्तुत गरेको छ । यी उपन्यासहरुलाई निराशाको चर्चा गर्ने सम्बन्धमा निराशाको पृष्ठभूमि सहित अगाडि बढाइएको छ । अङग्रेजीमा ‘डिस्पेयर’ भन्ने यस शब्दलाई नै नेपालीमा निराशा भन्छ । निराशा आधुनिक युगको भोगाई तथा मनोवृत्तिको उपज हो, जो विश्वव्यापी भौतिकता, औद्योगिकता, यान्त्रिकता र ज्ञान विज्ञान बौद्धिकताबाट अलग रहेको महसुस भयो । यथार्थमा निराशापरक साहित्यको केन्द्रविन्दु व्यक्ति नै हो । यस अध्ययनमा पारिजातले ‘शिरीषको फूल’ उपन्यासको प्रमुख पात्र प्रेमलाई उपहास गर्ने सुयोग नायीका वरी संगको भेटले प्रेम उसको निम्ति व्यङग्य भएर उभिएको छ भन्ने निचोड निकाल्छ जीवनमा निराशामात्र भोग्ने बानी परिसकेको बूढो लाहुरे मनभित्र वरीलाई लुकाएर दीनहीन र निस्सार जीवन बाँच्न बाध्य छ भने ‘महत्ताहीन’मा नपाउनु नै जीवनको निराशताको सङकेत गरेको पाइन्छ । अत्यास लाग्दो जीवन जिउन बाध्य आजको मान्छे आफूलाई अस्तित्व नभएको मान्न बाध्य छ । यस उपन्यासको अनाम नायक जीवनप्रति कुनै उत्साह, उमङग नभएको विना रसको जीवन बोकेर वैरागिएको निराशबोधी व्यक्तिको प्रतिनिधि भएको छ । ‘बैंसकोे मान्छे’ मा आफूले चाहेको केही पाउन, गर्न नसक्ने लाछी सम्झने उपन्यासको पात्रहरुमा मानवता प्रति नै विश्वास छैन, आफ्नो मूल्यहीनताको बोधले खग्रास भएका पात्रहरु निरसै निराशामा भरिएको जीवन बाँच्न वाध्य भएको विश्लेषण गरिएको छ ।

Abstract
189
PDF
0

Author Biography

अम्बुभवानी Ambubhawani कार्की Karki, तेजगंगा बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक

सहप्राध्यापक

Downloads

Published

2024-08-30

How to Cite

पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद. (2024). Tejganga Darpan, 3(1), 1-11. https://doi.org/10.3126/td.v3i1.69230

Issue

Section

Articles

How to Cite

पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद. (2024). Tejganga Darpan, 3(1), 1-11. https://doi.org/10.3126/td.v3i1.69230