बहुभाषिक शिक्षाको आधार मातृभाषा: माध्यमका रूपमा नेवार (नेपाल) मातृभाषाको अभ्यास

Authors

  • अञ्जली Anjali अधिकारी Adhikari महेन्द्ररत्न क्याम्पस, काठमान्डू

Keywords:

मातृभाषामा शिक्षा, मातृभाषा माध्यम, मातृभाषा संवर्धन, बहुभाषिक सक्षमता, त्रैभाषिक शिक्षा

Abstract

बालकले सबैभन्दा पहिला प्राप्त गरेको पहिलो भाषा (मातृभाषा) लाई शिक्षाको माध्यम बनाएर अन्य भाषा विभिन्न भाषामा शिक्षा दिने अवधारणा मातृभाषामा शिक्षा हो । स्थानीय पाठयक्रम÷स्थानीय भाषा पठनपाठनको माध्यम नेवार (नेपाल) भाषा भएको विद्यालयमा मातृभाषाको अभ्यास उजागार गर्ने उद्देश्य यस लेखको रहेको छ । बहुभाषिक शिक्षाका विभिन्न ढाँचाहरूमध्ये मातृभाषा संवर्धन कार्यक्रमलाई अध्ययन विश्लेषण आधार प्रस्तुत लेखमा गुणात्मक पद्धतिअन्तर्गत घटना अध्ययन विधिको उपयोग गरिएको छ भने मुख्य ‘फेनोमेना’ (घटना) का रूपमा नेवार (नेपाल) मातृभाषाको उपयोगलाई लिइएको छ । तथ्य सङकलनका लागि बहुविधि (संलेख, सघन अन्तर्वार्ता र कक्षा अवलोकन) पद्धति अपनाइएको छ । सहभागीका रूपमा नेपाल भाषा शिक्षक, प्रधानाध्यापक र अवलोकनका लागि कक्षा ६ छनोट गरी प्राथमिक स्रोतका गुणात्मक तथ्य र बहुभाषिक शिक्षासम्बन्धी संलेखबाट द्वितीय स्रोतका तथ्य सङकलन गरिएको छ । यसरी प्राप्त जानकारीलाई थिमेटिक उपागमका आधारमा सार निर्माण गर्दै विभिन्न शीर्षक र उपशीर्षकमा विश्लेषण गरी लेखलाई अन्तिम रूप दिइएको छ । बहुभाषिक कक्षामा सबै विद्यार्थीको मातृभाषामा पठनपाठन गराउन सम्भव नभए पनि विद्यालयका विभिन्न गतिविधिमा जस्तै माध्यम, पत्राचार, संवाद, शैक्षणिक सामग्री, शिक्षक, अतिरिक्त क्रियाकलाप आदिमा नेवार (नेपाल) भाषाको सम्भाव्यता भएका विद्यालयमा गैर नेवार मातृभाषी विद्यार्थीलाई समेत बहुभाषामा (त्रैभाषिक) शिक्षा दिन सकिने कुरालाई अध्ययनको प्राप्ति मानिएको छ । मातृभाषालाई आधार मानी बहुभाषिक शिक्षा दिने सरकारका नीति र रणनीति अन्योलमा रहे पनि वैयक्तिक प्रयासबाट खोलिएका मातृभाषी विद्यालयले प्रारम्भिक कक्षादेखि <विभिन्न भाषिक पृष्ठभूमिका बालबालिकालाई नेवार मातृभाषामा पढाउँदा बहुभाषिक सक्षमताको विकास साथै मातृभाषा संवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याउन सकेको अवस्था अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
169
PDF
0

Author Biography

अञ्जली Anjali अधिकारी Adhikari, महेन्द्ररत्न क्याम्पस, काठमान्डू

उप–प्राध्यापक

Downloads

Published

2024-08-30

How to Cite

बहुभाषिक शिक्षाको आधार मातृभाषा: माध्यमका रूपमा नेवार (नेपाल) मातृभाषाको अभ्यास . (2024). Tejganga Darpan, 3(1), 26-40. https://doi.org/10.3126/td.v3i1.69232

Issue

Section

Articles

How to Cite

बहुभाषिक शिक्षाको आधार मातृभाषा: माध्यमका रूपमा नेवार (नेपाल) मातृभाषाको अभ्यास . (2024). Tejganga Darpan, 3(1), 26-40. https://doi.org/10.3126/td.v3i1.69232