पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति

Authors

  • Ambubhawani Karki Tejganga Multiple Campus

DOI:

https://doi.org/10.3126/td.v4i1.91340

Keywords:

विसङ्गति, विसङ्गतिवाद, मानक सिद्वान्त, महाविसङ्गतिवाद, रुग्ण विकृति

Abstract

प्रस्तुत अनुसन्धानमा पारिजातका कथाहरूमा विसङ्गतिवाद केलाउने क्रममा दशवटा मानक सिद्धान्त चिन्ता, व्याकुलता र दुःख, निराशा, एकाङ्की/एक्लोपन, पृथकता, सन्त्रास, तनावग्रस्तता, निरर्थकता, विसङ्गति शून्यता, मृत्यु मध्ये विसङ्गतिको अध्ययनमा केन्द्रित छ । पारिजातको चारवटा कथासंग्रहहरू ‘आदिम देश’ (२०२५), ‘सडक र प्रतिभा’ (२०३२),  ‘साल्गीको वलात्कृत आँसु’ (२०४३) र  ‘बधशाला जाँदा आउँदा’ मध्ये यस अध्ययनमा आदिम देश कथा सङग्रहमा रहेका १२ कथाहरू मैले नजन्माएको छोरो, बीसौं शताब्दी एउटा गल्लिमा, तिउरीको फूल, पायरियाको गन्ध, आदिमदेश, सिमेन्टि भित्र एउटा राजबेली, उडानमा, संधे वित्नु पर्ने हामी सोफिजम मेरो लोग्नेसँग कुराकानी, निर्माणको मोडेल समयभित्र, साइनो ग्¥यानीटको टुक्रासँग, अनिदो र शून्यता, अप्ठ्यारो र अभ्यस्त मान्छे शीर्षकका कथाहरूको बिश्लेषण गरिएको छ । यी कथाहरूमा मान्छेले विसङ्गतमात्र भोगेको सन्दर्भ केलाइएको छ । यी कथाहरूमा मान्छेले विसङ्गतको चर्चा गर्ने सम्बन्धमा विसङ्गतको पृष्ठभूमि सहित अगाडि बढाई चर्चा गरिएको छ । विसङ्गति मानिसले सामाजिक व्यवहारबाट छुटकारा पाउन नसक्नु र जीवनलाई ठीक ढङ्गले सञ्चालन पनि गर्न नसक्नु विसङ्गतिको पराकाष्ठा नाग्नु हो  । विसङ्गतिको बारेमा दार्शनिक जाँपाल सात्र्रले मान्छेको जीवन भोगाइको क्रममा ‘नौसिया’ उपन्यासको पात्र आन्तोम रेक्वातिनको विसङ्गतिले भरिपूर्ण जीवन प्रस्तुती गरेर बर्तमान मान्छे रेक्वातिनको जीवन भोग्न बाध्य र विवस मान्छेको पुष्टि गरेका छन् । मानिस धेरै इच्छा सम्भाबनाहरू बोकेर यस भूमिमा आउछ तर उसले आफूलाई आफ्नो गति अगाडि बढाउने क्रममा एक्लो, निरीह र निरर्थक पाउँछ । यस युगमा मान्छे समक्ष विसङ्गतिले भरिएको जिन्दगी मात्र रहन्छ । यर्थाथमा विसङ्गतिपरक सहित्यको केन्द्रविन्दु व्यक्ति नै हो भनेर निस्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
3

Downloads

Published

2026-03-11

How to Cite

Karki, A. (2026). पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति. Tejganga Darpan, 4(1), 1–25. https://doi.org/10.3126/td.v4i1.91340

Issue

Section

Articles