नेपालभाषाका लिपिको नालिबेली
DOI:
https://doi.org/10.3126/td.v4i1.91350Keywords:
अभिलेख, नेपालभाषा, नेवार, लिपि, वर्णAbstract
यस लेखमा नेपालभाषा र यसमा प्रयोग हुने लिपिको बारेमा प्रकास पारिएको छ । नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो । नेपालभाषा चिनिया भोट परिवारको भोट-बर्मेली शाखा अन्तर्गतको भाषा हो । यस भाषामा १४औं शदीदेखि नै साहित्य सिर्जना भैसकेको देखिन्छ । नेवारहरूले आफ्नो भाषालाई आधिकारिक रुपमा नेपालभाषा, जनबोलीमा नेवा:भाए भन्छन् । नेवार मुलत: नेपाल उपत्यकाका वासिन्दा हुन् । नेपालमा सन् २०२१ को जनगणनानुसार १३,४१,३६३ जना नेवार छन्, जसमा वक्ता ८,६३,३८० जना छन् । वक्ताको आधारमा नेपालभाषा देशको आठौ ठूलो भाषा हो । वागमती प्रदेशको मन्त्रिपरिषदले २०८०।५।२३ गते सरकारी कामाकाजको भाषा नेपालभाषा भनेर निर्णय गरेको छ । यस भाषाका वक्ता सघनरूपमा नेपाल खाल्डो तथा छरछिमेकका जिल्लामा केन्द्रीत भएको देखिन्छ । जिल्लागत हिसावमा ७७ जिल्लामा छरिएका छन । नेपालभाषाका २८ भेद,उपभेद र सहायक भेद देखिएका छन् । यो तालिका हेर्दा यही भेदमा सबैभन्दा धेरै उप र सहायक भेदको संग्रह देखिन्छ । नेपालभाषाको दैनन्दिनी काम गर्न हाल देवनागरी लिपिमा लेख्ने गरिएको छ । नेपालभाषामा लेखिएका उपलब्ध अभिलेखमा करीव ९०प्रतिशत प्रचलित नेपाललिपिमा लेखिएको पाइन्छ । केही भुजिंमोल तथा रञ्जनामा पनि पाइन्छ । नेपाललिपिका तीन शैली अर्थात फोन्ट (क) प्रचलित (ख) रञ्जना (ग) भुजिंमोल देखिन्छ । देवनागरी लिपि संस्कृत तथा संस्कृतबाट निसृत भाषाको लागि प्रचलनमा रहेको लिपि भोटबर्मेली शाखाको भाषामा प्रयोग गर्दा केही असहज देखिन्छ । आजको नेपालभाषामा देवनागरीमा लेख्नेहरुले तालव्य द्वयोष्ठ्य अर्धस्वर (य) लाई स्वर (ए) को ठाउँमा प्रयोग गरिरहेका छन् । यस लेखकले स्वर वर्ण (ए) नै प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाललिपि प्रयोग गरी भएका लेखनलाई पत्रपत्रिका, पुस्तक, वर्णमाला र विविध गरी चार भागमा छुट्याएर हेर्न सकिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Omkareshwor Shrestha

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.