अनुसन्धानात्मक लेखन सैद्धान्तिक पक्ष

Authors

  • Shyam Bhattarai

DOI:

https://doi.org/10.3126/td.v4i1.91351

Keywords:

अनुसन्धानात्मक लेख, प्राज्ञिक, मूल्याङ्कन, सन्दर्भसूची, परिशिष्ट

Abstract

प्रस्तुत आलेखमा अनुसन्धानात्मक लेख के हो र कसरी लेखिन्छ भन्ने विषयमा केन्द्रित भएर लेखिएको छ । यहाँ अनुसन्धानात्मक लेख के हो भन्दा निश्चित विधि र पद्धतिअनुसार लेखिने छोटो तर पूर्ण लेख हो भनेर परिचय दिइएको छ । यो अनुसन्धानात्मक लेख तयार पार्दा निश्चित प्राज्ञिक समस्यालाई पहिल्याई ती समस्याको समाधानतर्फ ध्यान दिई तयार परिएको छ । यहाँ यस्ता समस्या पहिलाउँदा वस्तुगत तथ्य सङ्कलन गरी ती तथ्यलाई निश्चित अनुसन्धानात्मक पद्धतिअनुसार नवीन ज्ञानको खोजी गरिएको छ । विषयको खोजबिन गर्दा गहन र व्यवस्थित ढङ्गबाट गरिएको छ । यसरी गहन अध्ययनबाट तयार परिएको यो लेख वस्तुपरक, तथ्यपरक र वैज्ञानिक रहेको छ । यसर्थ यस प्रकारको लेख लेख्दा सर्वप्रथम शीर्षक चयन गरिएको हो, त्यसपछि अनुसन्धानका निश्चित पद्धतिलाई अवलम्बन गरी लेखिएको हो । यस क्रममा शीर्षकअनुरूपको उद्देश्यमा केन्द्रित रही अनुसन्धानात्मक ढाँचामा लेख तयार परिएको छ । प्रस्तुत अनुसन्धानात्मक ढाँचाका रूपमा पूर्वभाग, मध्यभाग र उत्तरभाग रहेका छन् । पूर्वभाग अन्र्तगत शीर्षक, लेखसार, शब्दकुञ्जी, विषयपरिचय, अनुसन्धान विधि रहेका छन् । त्यस्तै मध्यम भागमा विषयको व्याख्या र विश्लेषण या विमर्श र नतिजा  र उत्तर भागमा  निष्कर्ष वा मूल्याङ्कन, सन्दर्भसूची, परिशिष्ट आदिका बारेमा अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
1

Downloads

Published

2026-03-11

How to Cite

Bhattarai, S. (2026). अनुसन्धानात्मक लेखन सैद्धान्तिक पक्ष . Tejganga Darpan, 4(1), 70–84. https://doi.org/10.3126/td.v4i1.91351

Issue

Section

Articles