पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता
DOI:
https://doi.org/10.3126/td.v4i1.91352Keywords:
बालभाषा, भाषासिकाइ, सामाजिक सन्दर्भ, पाठ्येतर बालसाहित्यAbstract
प्रस्तुत अध्ययन भिगोत्स्कीद्वारा प्रतिपादित सामाजिक–सांस्कृतिक सिद्धान्त (सन् १९७८) लाई सैद्धान्तिक आधार मानी विद्यालयीय परिवेशमा बालबालिकाको भाषिक सिप विकासका लागि पाठ्येतर बालसाहित्यको उपयोगको वर्तमान अवस्था र त्यसको प्रभावकारी प्रयोगका लागि शिक्षकलाई आवश्यक पर्ने तालिमसम्बन्धी समस्यामा केन्द्रित छ । यस सिद्धान्तअनुसार बालबालिकाको संज्ञानात्मक तथा भाषिक विकास उनीहरू अवस्थित सामाजिक–सांस्कृतिक परिवेशमा हुने अर्थपूर्ण अन्तक्र्रियाबाट सम्भव हुन्छ, जसमा भाषा प्रमुख मध्यस्थ साधनका रूपमा क्रियाशील हुन्छ । यद्यपि नीतिगत रूपमा पाठ्येतर बालसाहित्यको शैक्षिक महत्त्व स्वीकार गरिएको परिप्रेक्ष्यमा पनि व्यवहारमा यसको पहुँच, व्यवस्थापन र कक्षाकोठामा प्रयोगको अवस्था कमजोर देखिन्छ । यस अध्ययनको मुख्य उद्देश्य विद्यालयीय वातावरण तथा सरोकारवालामा विद्यमान र अपेक्षित सक्षमता बिचको अन्तराल पहिचान गरी शिक्षक तालिमको आवश्यकता निर्धारण गर्नु हो । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस अध्ययनमा काठमाडौँ उपत्यकाका दुई विद्यालयलाई उद्देश्यमूलक रूपमा छनोट गरिएको छ । तथ्य सङ्कलनका लागि स्थलगत अवलोकन तथा नेपाली भाषा शिक्षकसँग खुला अन्तर्वार्ता लिइएको छ । प्राप्त तथ्यहरू विद्यालयमा उपलब्ध पाठ्येतर सामग्रीको अवस्था, शिक्षकको बुझाइ, वर्तमान प्रयोग अभ्यास, सामना गरिएका चुनौती र तालिमसम्बन्धी आवश्यकताका आधारमा विश्लेषण गरिएको छ । अध्ययनबाट पाठ्येतर बालसाहित्य बालबालिकाको सुनाइ, बोलाइ, शब्दभण्डार र अभिव्यक्ति सिप विकासमा प्रभावकारी भएपनि यसको प्रयोग शिक्षकको व्यक्तिगत प्रयासमा सीमित रहेको निष्कर्ष प्राप्त भएको छ । सामग्रीको अभाव, समय व्यवस्थापनको समस्या, सामग्री छनोट तथा प्रयोगसम्बन्धी सिप र तालिमको कमी, साथै विद्यालय प्रशासन र अभिभावकको न्यून प्राथमिकता पाठ्येतर बालसाहित्य प्रयोगको प्रमुख अवरोधका रूपमा देखिएका छन् । यस अध्ययनका निष्कर्षले शिक्षक तालिम प्रदायक निकायलाई सन्दर्भानुकूल तालिम योजनानिर्माण गर्न आधार प्रदान गर्नुका साथै विद्यालय, शिक्षक, अभिभावक र नीति निर्माता बिचको सहकार्यमार्फत पठनमैत्री वातावरण निर्माण गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Bastola

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.