वैकल्पिक शिक्षामा अनलाइन कक्षाको प्रभावकारीता {Effectiveness of Online Classes in Alternative Education}

Authors

  • विदुर Bidur बानियाँ Baniya गोरखा क्याम्पस,त्रिभुवन विश्वविद्यालय,गोरखा Gorkha Campus,Tribhuvan University, Gorkha

Keywords:

वैकल्पिक शिक्षा, अनलाइन कक्षा, कोरोना महामारी, सोँच रूपान्तरण, सिकाइ सहजीकरण, Alternative Education, Online Classes, Corona Epidemic, Transformation of Thought, Learning Facilitation

Abstract

वैकल्पिक शिक्षाले वर्तमान समयमा परम्परागत रूपमा चलिरहेको शिक्षा प्रर्णालीको विकल्पमा प्रदान गरिने

शिक्षा पद्धतिलाई जनाउँछ । यस किसिमको शिक्षाले विभिन्न कारणले गर्दा शिक्षाको मूल धारमा आउन नसकेका व्यक्तिहरूलाई शैक्षिक अवसर तथा पहुँच प्रदान गर्ने कार्यमा माध्यमको रूपमा काम गर्दछ । कोभिड महामारीले निम्याएको स्वास्थ्य सङ्कटसँगै बैकल्पिक शिक्षाको आवश्यकता बढ्दै गएको परिवेशमा यस अध्ययनलाई विभिन्न किसिमका रोगहरूको चपेटामा समाज गुज्रँदा वैकल्पिक माध्यम के हुन सक्छ भन्ने सन्दर्भमा केन्द्रित गरिएको छ । अनलाइन कक्षाको सन्दर्भ तथा यसको प्रभावकारीता पहिचान गर्ने उद्धेश्य राखी तयार पारिएको यस लेखमा अनलाइन कक्षाले विश्वव्यापी महामारीको अवस्थामा मात्र नभई सामान्य अवस्थामा पनि कसरी वैकल्पिक शिक्षण सिकाइको माध्यमका रूपमा काम गर्न सक्छ भन्ने कुरालाई उजागर गरिएको छ । गुणात्मक विधिमा आधारित रहेर गोरखा नगरपालिकामा अवस्थित एक विद्यालयका शिक्षक र विद्यार्थीसँग अन्तक्र्रिया विधि मार्फत् तथ्यांकमा सङ्कलन गरि त्यसैका आधारमा यो लेख तयार गरिएको छ । प्राप्त सुचना र तथ्यांकको विश्लेषणबाट वर्तमान समयमा अनलाइन शिक्षा सामान्य शिक्षाको विकल्प मात्र नभइ समग्र शिक्षाको आवश्यक अंशका रूपमा कार्यान्वयनमा आएको पाइएको छ ।समय सापेक्ष आधुनिक शिक्षा पद्धतिको एउटा आवश्यकीय प्रक्रियाको रूपमा वैकल्पिक शिक्षालाई सरोकारवालाहरूले लिएको देखिन्छ । अध्ययनको प्राप्तिका आधारमा वैकल्पिक शिक्षालाई अनलाइन शिक्षा पद्धतिसँग जोडेर प्रविधिको प्रयोगसँगै प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउनु आजको आवश्यकता रहेको छ ।

Abstract
286
PDF
14

Author Biography

विदुर Bidur बानियाँ Baniya, गोरखा क्याम्पस,त्रिभुवन विश्वविद्यालय,गोरखा Gorkha Campus,Tribhuvan University, Gorkha

शिक्षण सहायक Assistant Lecturer 

Downloads

Published

2023-05-02

Issue

Section

Articles

How to Cite

बानियाँ Baniya व. B. (2023). वैकल्पिक शिक्षामा अनलाइन कक्षाको प्रभावकारीता {Effectiveness of Online Classes in Alternative Education}. The Educator Journal, 11(1), 26-32. https://doi.org/10.3126/tej.v11i1.54444