जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैली {The Language and Style Used in The Essay Collection "Jai Bhundi"}

Authors

  • Rajendra राजेन्द्र Khanal खनाल शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central Department of Education, Tribhuvan University, Kirtipur

DOI:

https://doi.org/10.3126/tej.v11i1.54449

Keywords:

भाषाशैली, पुनरावृत्ति, आन्तरिक समानान्तरता, व्याकरणिक विचलन, आर्थी विचलन, Language and Style, Repetition, Internal Parallelism, Grammatical Deviation, Semantic Deviation

Abstract

प्रस्तुत लेखको उद्देश्य जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैलीको विश्लेषण गर्नु हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी जय भुँडी निबन्ध सङ्ग्रहलाई प्राथमिक स्रोत तथा भाषाशैलीसँग सम्बद्ध सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । अध्ययनबाट विश्लेष्य निबन्ध सङ्ग्रहमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित भाषाशैलीका विविध उपकरणको प्रभावपरक उपयोग भएको पाइएको छ । निबन्ध सङ्ग्रहमा भाषिक तत्वहरूको आवृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले प्रस्तुतिलाई कलात्मक बनाएका छन् भने अभिव्यक्ति आलङ्कारिक देखिएको छ । विचलनयुक्त भाषाशैली प्रयोगमा आधिक्य रहेको विश्लेष्य निबन्ध सङ्ग्रहमा निबन्धकारले व्यङ्ग्यात्मक शैलीबाट यथार्थ विषयवस्तुलाई उद्घाटन गरेका छन् । यस अध्ययनबाट भाषिक कला र प्रस्तुतिको चातुर्यका कारण जय भुँडी निबन्ध सङ्ग्रह पाठकमैत्री, प्रभावकारी तथा कलात्मक बनेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
54
PDF
39

Author Biography

Rajendra राजेन्द्र Khanal खनाल, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central Department of Education, Tribhuvan University, Kirtipur

उप–प्राध्यापक Assistant Professor

Downloads

Published

2023-05-02

How to Cite

Khanal खनाल R. र. (2023). जय भुँडी निबन्ध सङ्ग्रहमा प्रयुक्त भाषाशैली {The Language and Style Used in The Essay Collection "Jai Bhundi"}. The Educator Journal, 11(1), 43–51. https://doi.org/10.3126/tej.v11i1.54449

Issue

Section

Articles