जीवन आचार्यका कविताहरूमा बन्धन र मोक्षको पुनव्र्याख्या {Redefining the Concept of "Bondage and Salvation" in Poems of Jeevan Acharya}

Authors

  • राजकुमार Rajkumar देवकाेटा Devkota मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रिभुवन विश्वविद्यालय Faculty of Humanities and Social Sciences, Tribhuvan University

DOI:

https://doi.org/10.3126/tej.v11i1.54451

Keywords:

अवैदिक, आधिभौतिक, चैतन्य ध्यानस्थ, वैराग्य, Non-Vedic, Metaphysical, Chaitanya, Meditative, Disinterest

Abstract

प्रस्तुत लेखमा साहित्यकार जीवन आचार्यका सिर्जनाको सङ्कलन तथा सम्पादन गरिएको कृति ‘सम्पूर्णमा जीवन आचार्य’ र ‘जीवन आचार्यका कविता’ पुस्तकमा समाविष्ट कविताहरूको अध्ययन गरिएको छ । जीवन आचार्यका विभिन्न कविताका अंशलाई दृष्टान्तका रूपमा उद्धृत गरी त्यसमा भएका तथ्यका आधारमा पूर्वीय वैदिक र अवैदिक दर्शनमा रहेका बन्धनका कारण र त्यसबाट पाइने मोक्षका उपायलाई नेपालको वर्तमान परिवेशलाई तुलना गर्दै पुनव्र्याख्या गरिएको छ । यस अध्ययनपत्रमा कवि आचार्यका कवितामा वैदिक र अवैदिक दुवै प्रकारका दर्शन, जीवनका चिन्तन र मोक्षका बाटालाई गहन रूपमा प्रस्तुत गरिएको छ । वर्तमान समयमा मानिसले भोग्नुपरेको सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक आदि बन्धनका तथ्यपूर्ण कुरालाई कवितामा प्रस्तुत विम्बका आधारमा पुनव्र्याख्या गरी मोक्षको बाटो पनि केलाइएको छ । वैदिक र अवैदिक दर्शनले भनेको बन्धन र मोक्षलाई मात्र नहेरी वर्तमान अवस्थाको बन्धन के हो र त्यसबाट मोक्ष प्राप्तिको बाटो के हो भन्ने कुरालाई पनि बुझ्नुपर्ने हुन्छ । यो अध्ययनपत्र तिनै आधारलाई केन्द्रमा राखी तयार पारिएको हो ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
23

Downloads

Published

2023-05-02

How to Cite

देवकाेटा Devkota र. R. (2023). जीवन आचार्यका कविताहरूमा बन्धन र मोक्षको पुनव्र्याख्या {Redefining the Concept of "Bondage and Salvation" in Poems of Jeevan Acharya}. The Educator Journal, 11(1), 52–60. https://doi.org/10.3126/tej.v11i1.54451

Issue

Section

Articles