नेपालमा खुला र दूर शिक्षाको सान्दर्भिकता {Relevance of Open and Distance Learning in Nepal}

Authors

  • Bidur {विदुर} Baniya{बानियाँ}

Keywords:

खुला तथा दूर सिकाइ, मोड्यूल, टिम्स, सम्पर्क कक्षा, भच्र्युअल कक्षा, Open and Distance Learning, Module, Teams, Contact Classes, Virtual Classes

Abstract

खुला शिक्षाको इतिहास लामो भएता पनि यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भ वर्तमान समयमा बढि भएको पाइन्छ । नेपालमा खुला शिक्षाको सान्दर्भिकता के कस्तो रहेको छ त भन्ने सन्दर्भमा यस अनुसन्धानात्मक लेखलाई तयार पारिएको छ । खुला तथा दूर सिकाइ औपचारिक शिक्षाको रुपमा पनि कार्यान्वयनमा आएको पाइन्छ भने यसलाई वैकल्पिक शिक्षा पद्धतिको रुपमा पनि अवलम्बन गरिएको पाइन्छ । यस सन्दर्भमा खुला तथा दूर शिक्षाको विश्व तथा नेपालको परिवेश अन्तर्गत यसको सैद्धान्तिक तथा व्यवहारिक पक्षलाई समावेश गरिएको छ । खुला तथा दूर शिक्षाको सान्दर्भिकता तथा यसका समस्या सहित समाधानका उपायहरु पहिचान गर्ने कुरालाई यस लेखमा उद्देश्य अन्तर्गत राखिएको छ । भिगोत्स्कीको सामाजिक निर्माणवादलाई आधार मानि तयार पारिएको यस अनुसन्धानात्मक लेखमा अनुभवजन्य साहित्य समिक्षा पनि गरिएको छ । गुणात्मक ढाँचामा आधारित यस अध्ययन
कार्यमा काठमाडौ जिल्लाका खुला तथा दूर सिकाइ सञ्चालन गर्ने विश्वविद्यालय क्याम्पस किर्तिपुर तथा महेन्द्ररत्न क्याम्पस ताहाचललाई अध्ययनको क्षेत्रका रुपमा उद्धेश्यमूलक नमुना छनोट विधिबाट छानिएको छ भने सम्बन्धित शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षकहरुलाई नमूना छनोटका रुपमा लिइएको छ । खुला तथा दूर शिक्षाको वर्तमान अवस्थालाई हेर्दा यसलाई परम्परागत रुपमा औपचारिक शिक्षाको विकल्पका रुपमा मात्र प्रयोगमा ल्याउनु भन्दा पनि औपचारिक शिक्षाको एउटा माध्यमको रुपमा अवलम्बन गर्ने र यसको प्रभावकारीतामा देखिएका समस्या जस्तै आर्थिक, भौगोलिक, प्रशासनिक तथा प्राविधिक पक्षहरुलाई कलेज प्रशासन तथा शिक्षक एवम् विद्यार्थीहरुले आ–आफ्नो स्थानबाट समाधान गर्नु पर्ने देखिन्छ । यसका साथै यसको प्रभावकारीताका लागि नीतिगत तथा व्यवहारिक दुवै पक्षको सहज कार्यान्वयनका लागि पनि सम्बन्धित नियकायले पहल गुर्नपर्ने देखिन्छ ।

Abstract
312
PDF
16

Downloads

Published

2024-04-27

Issue

Section

Articles

How to Cite

Baniya{बानियाँ} B. {विदुर}. (2024). नेपालमा खुला र दूर शिक्षाको सान्दर्भिकता {Relevance of Open and Distance Learning in Nepal}. The Educator Journal, 12(1), 37-47. https://doi.org/10.3126/tej.v12i1.64895