साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता

Authors

  • Manjeel Subedi Lumbini Buddhist University
  • Kamal Thapa Lumbini Buddhist University

DOI:

https://doi.org/10.3126/tjad.v9i1.82179

Keywords:

सिगालोवाद सुत्त, राष्ट्रिय संस्कृति, दिगो स्रोत उपयोग, नेपालको सांस्कृतिक मूल्य–मान्यताहरू, बौद्ध नैतिकता

Abstract

यस अध्ययनमा राष्ट्रिय सांस्कृतिक मूल्य र मान्यताहरूलाई मानव स्रोतको दिगो उपयोग र प्रवद्र्धन गर्न सिगालोवाद सुत्तको सान्दर्भिकतालाई आधार मानिएको छ । अध्ययनले सिगालोवाद सुत्तमा रहेका मानव स्रोत सम्वन्धि विषयको विश्लेषण गरेकोछ, जसले नैतिक सिद्धान्त र यसका राष्ट्रिय जिम्मेवारीमा लागू हुने शिक्षाहरूलाई समेटेको छ । उपर्युक्त बौद्ध शिक्षाहरूलाई राष्ट्रिय साँस्कृतिक अभ्यासहरूसँग समन्वय गर्दा दिगो मानव स्रोत व्यवस्थापनलाई प्रभावकारी रूपमा अगाडी बढाउन सकिन्छ भन्ने कुरामा अनुसन्धाताहरूको दावी रहेको छ । राष्ट्रका सांस्कृतिक अभ्यासहरूले प्रकृतिको सम्मान र संरक्षणमा जोड दिइरहँदा सिगालोवाद सुत्तले प्रदान गरेको खाकासँग समन्वय गर्न सकिने अनुसन्धानकर्ताहरूको अनुमान रहेको छ । यस्तो प्रयासले मानव स्रोतका साथै अरुपनि आवश्यक स्रोतहरूको दिगोपन सुनिश्चित हुनसक्छ । अध्ययनको निष्कर्षमा नेपालको सांस्कृतिक मूल्य–मान्यताहरूका सन्दर्भमा बौद्ध नैतिकता सम्बन्धी सिद्धान्तहरूले स्रोत उपयोगका लागि जिम्मेवार बन्न र मार्गदर्शन सिद्धान्तका रूपमा कसरी काम गर्न सक्छ भनेर देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
72
PDF
23

Author Biographies

Manjeel Subedi, Lumbini Buddhist University

Depart of Buddhism Studies

Kamal Thapa, Lumbini Buddhist University

Department of Buddhism Studies

Downloads

Published

2025-07-24

How to Cite

Subedi, M., & Thapa, K. (2025). साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता. The Journal of Academic Development, 9(1), 117–137. https://doi.org/10.3126/tjad.v9i1.82179

Issue

Section

Articles