साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता

Authors

  • Manjeel Subedi Lumbini Buddhist University
  • Kamal Thapa Lumbini Buddhist University

Keywords:

सिगालोवाद सुत्त, राष्ट्रिय संस्कृति, दिगो स्रोत उपयोग, नेपालको सांस्कृतिक मूल्य–मान्यताहरू, बौद्ध नैतिकता

Abstract

यस अध्ययनमा राष्ट्रिय सांस्कृतिक मूल्य र मान्यताहरूलाई मानव स्रोतको दिगो उपयोग र प्रवद्र्धन गर्न सिगालोवाद सुत्तको सान्दर्भिकतालाई आधार मानिएको छ । अध्ययनले सिगालोवाद सुत्तमा रहेका मानव स्रोत सम्वन्धि विषयको विश्लेषण गरेकोछ, जसले नैतिक सिद्धान्त र यसका राष्ट्रिय जिम्मेवारीमा लागू हुने शिक्षाहरूलाई समेटेको छ । उपर्युक्त बौद्ध शिक्षाहरूलाई राष्ट्रिय साँस्कृतिक अभ्यासहरूसँग समन्वय गर्दा दिगो मानव स्रोत व्यवस्थापनलाई प्रभावकारी रूपमा अगाडी बढाउन सकिन्छ भन्ने कुरामा अनुसन्धाताहरूको दावी रहेको छ । राष्ट्रका सांस्कृतिक अभ्यासहरूले प्रकृतिको सम्मान र संरक्षणमा जोड दिइरहँदा सिगालोवाद सुत्तले प्रदान गरेको खाकासँग समन्वय गर्न सकिने अनुसन्धानकर्ताहरूको अनुमान रहेको छ । यस्तो प्रयासले मानव स्रोतका साथै अरुपनि आवश्यक स्रोतहरूको दिगोपन सुनिश्चित हुनसक्छ । अध्ययनको निष्कर्षमा नेपालको सांस्कृतिक मूल्य–मान्यताहरूका सन्दर्भमा बौद्ध नैतिकता सम्बन्धी सिद्धान्तहरूले स्रोत उपयोगका लागि जिम्मेवार बन्न र मार्गदर्शन सिद्धान्तका रूपमा कसरी काम गर्न सक्छ भनेर देखाइएको छ ।

Abstract
119
PDF
0

Author Biographies

Manjeel Subedi, Lumbini Buddhist University

Depart of Buddhism Studies

Kamal Thapa, Lumbini Buddhist University

Department of Buddhism Studies

Downloads

Published

2025-07-24

How to Cite

साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता. (2025). The Journal of Academic Development, 9(1), 117-137. https://doi.org/10.3126/tjad.v9i1.82179

Issue

Section

Articles

How to Cite

साँस्कृतिक एकीकरणका सन्दर्भमा मानव श्रोतको दिगो उपयोगका लागि सिगालोवाद सुत्तको उपादेयता. (2025). The Journal of Academic Development, 9(1), 117-137. https://doi.org/10.3126/tjad.v9i1.82179