समर्पणको बाटोमा कथासङग्रहका कथाहरूमा दबाब र तनाबजन्य अनुभूति

Authors

  • Som Nath Ghimire तेह्रथुम बहुमुखी क्याम्पस, आठराई–६ तेह्रथुम

DOI:

https://doi.org/10.3126/tmcrj.v8i3.80484

Keywords:

प्रभुत्व, अधिनस्थ, उदयीमान चेत, संस्कृतिजन्य अनुभूति, उपसंस्कृति, अनुभूतिको संरचना

Abstract

‘समर्पणको बाटोमा’ कथासङग्रहका कथाहरूले नेपाली समाजमा व्याप्त सामाजिक, राजनैतिक र वर्गीय विभेदको यथार्थपरक चित्रण गरेका छन  । यी कथाहरूमा माक्र्सवादी चिन्तन र प्रगतिवादी धाराको प्रभाव स्पष्ट देखिन्छ । ढकालले प्रभुत्वशाली पिँढी/समुदाय (शोषक, सामन्ती) ले अधीनस्थ पिँढी/समुदाय (किसान, मजदुर, राजनीतिक रूपमा कमजोर) माथि गर्ने शोषण, दमन, अन्याय र अत्याचारलाई मार्मिक रूपमा प्रस्तुत गरेकाछन । रेमन्ड विलियम्सको सिद्धान्तको प्रयोग गर्दै, यस विश्लेषणले कसरी प्रभुत्वशाली पिँढी/समुदायले अधीनस्थ पिँढी/समुदायमाथि आर्थिक, सामाजिक र राजनीतिक दबाब सिर्जना गर्छ भन्ने कुरामा जोड दिएको छ । यी कथाहरुबाट अधीनस्थ पिँढी/समुदायले भोग्नुपर्ने गहिरो दबाब र तनाबलाई मात्र नभई, कतिपय अवस्थामा प्रतिरोधको चेतना, अडान र नयाँ संस्कृतिको सम्भावित उदयलाई पनि सङकेत गरिएको छ । समग्रमा, ‘समर्पणको बाटोमा’ कथासङग्रहले नेपाली समाजमा प्रभुत्वशाली पिँढी/समुदाय र अधीनस्थ पिँढी/समुदायबिचको जटिल अन्तरसम्बन्ध र त्यसबाट उत्पन्न हुने अनुभूतिको संरचनालाई कसरी सफलतापूर्वक प्रस्तुत गरेको छ भनी उजागर गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
40

Author Biography

Som Nath Ghimire, तेह्रथुम बहुमुखी क्याम्पस, आठराई–६ तेह्रथुम

शिक्षण सहायक 

 

Downloads

Published

2025-06-23

Issue

Section

Articles