शैली विश्लेषण प्रक्रिया र भाषाशिक्षण

Authors

  • Keshab Bhusal नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर

Keywords:

शैलीविज्ञान, शैली विश्लेषण प्रक्रिया, शैली विश्लेषण अभ्यास, भाषाशिक्षण

Abstract

प्रस्तुत लेख शैलीविज्ञानको अध्ययनमा केन्द्रित छ । यसमा शैलीविज्ञानको महत्तम पक्ष शैली विश्लेषण प्रक्रिया र भाषाशिक्षणबारे अध्ययन गरिएको छ । यस अध्ययनका मुख्य उद्देश्य शैली विश्लेषणको प्रक्रिया प्रस्तुत गर्नु र शैलीवैज्ञानिक दृष्टिमा भाषाशिक्षणको अवधारणा प्रस्तुत गर्नु रहेका छन । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित छ । यसमा सैद्धान्तिक अनुसन्धान पद्धतिको उपयोग गरिएको छ । यसमा मुख्य रूपमा अङग्रेजी सैद्धान्तिक सामग्री र आंशिक रूपमा नेपाली सैद्धान्तिक सामग्रीको अध्ययन र उपयोग गरिएको छ । यी सैद्धान्तिक सामग्रीको अध्ययनबाट प्राप्त गरिएका शैली विश्लेषण र भाषाशिक्षणसँग सम्बन्धित अवधारणाहरूका समीक्षा र संश्लेषण गरिएको छ । यस अध्ययनमा शैली विश्लेषण र भाषाशिक्षणका सम्बन्धमा प्राप्त गरिएका तथ्यहरूको तुलनात्मक अध्ययन गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनबाट शैली विश्लेषण प्रक्रियामा भाषगत संरचना, साहित्यिक संरचना र शैलीगत संरचनाको अध्ययन, विश्लेषण गरिने, भाषिक संरचना अन्तर्गत ध्वनितात्विक व्यवस्था, कोशीय व्यवस्था र व्याकरणिक व्यवस्थाको अध्ययन गरिने, साहित्यिक संरचना अन्तर्गत बनोट र बुनोटको अध्ययन गरिने, शैली संरचना अन्तर्गत विकल्पन र चयन तथा अग्रभूमि निर्माणको अध्ययन विश्लेषण गरिने, यस क्रममा सामग्री सङकलन, व्याख्या–विश्लेषण र निष्कर्षणको प्रक्रिया अवलम्बन गरिनेलगायतका निष्कर्ष निकालिएको छ । साथै सन्दर्भ अनुसार प्रयोग गरिने भाषाको विश्लेषण गर्न, कृति वा रचनाका भाषाशैलीगत विशेषताको व्याख्या गर्न, व्यक्त अभिव्यक्तिको आशय ग्रहण गर्न, भाषिक अभिव्यक्तिको प्रयोग, व्यवहारमा भाषाका प्रयोक्ताहरूलाई सघाउन तथा व्यक्त अभिव्यक्तिको कुशल व्याख्यात्मक क्षमता विकासका लागि पाठकलाई मद्दत गर्न सहयोग पुर्याउने भएकाले शैलीविज्ञानको भाषाशैक्षणिक महत्व रहेको निचोड प्रस्तुत गरिएको छ । यसबाट शैली विश्लेषण प्रक्रिया र भाषाशिक्षण सम्बन्धमा आधारित रही अध्ययन, अनुसन्धान गर्न चाहने जोकोहीका लागि आवश्यक सघाउ पुग्ने अपेक्षा गरिएको छ । 

Abstract
166
PDF
21

Author Biography

Keshab Bhusal, नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2025-06-23

Issue

Section

Articles

How to Cite

Bhusal, K. (2025). शैली विश्लेषण प्रक्रिया र भाषाशिक्षण. Terhathum Multiple Campus Research Journal, 8(3), 113-124. https://doi.org/10.3126/tmcrj.v8i3.80486