स्पेनिस भाषाकक्षामा नेपाली मातृभाषी विद्यार्थीहरूको सिकाइ सहजीकरण
DOI:
https://doi.org/10.3126/tmj.v4i1.87440Keywords:
सिकाइमा आधारित सहजीकरण, भाषाकक्षा, विधागत सिकाइ, सिकाइ अन्तक्र्रिया, पठनसामग्रीAbstract
प्रस्तुत लेख नेपाली मातृभाषी विद्यार्थीहरूको स्पेनिस भाषाकक्षाको सिकाइ सहजीकरण शीर्षकमा केन्द्रित छ । नेपाली विद्यार्थीहरूको भाषा सिकाइको कठिनाइका अनुभव, भाषाकक्षामा भाषिक सिपको विकासका लागि प्रयोग भएका विधि र प्रक्रिया पत्ता लगाउनुका साथै कक्षामा विधागत सिकाइ सहजीकरणको अनुभव निरूपण गर्ने उद्देश्यमा आधारित यस अध्ययनमा भिगोत्स्कीको निर्माणवादलाई सैद्धान्तिक आधार लिइएको छ । यो अध्ययन गुणात्मक अनुसन्धानअन्तर्गत फेनोमेनोलोजी ढाँचामा आधारित छ । यसमा स्पेनका चारओटा सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सोद्देश्यमूलक विधिबाट सहभागी छनोट गरी अन्तर्वार्ताका माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । विद्यार्थीहरूको अन्तर्वार्तालाई रेकर्डपछि लिप्यान्तरण गरेर कोडिङ गर्दै भाषिक सङघर्ष, भाषिक सिप विकासको प्रक्रिया, विधागत सिकाइ सहजीकरण गरी मुख्य रूपमा तीनओटा थिममा विश्लेषण गरिएको छ । अध्ययनका मुख्य निष्कर्षहरूमा दोस्रो वा विदेशी भाषा सिक्न धेरै कठिनाइका साथ सफलता प्राप्त भएको पाइन्छ । स्पेनका भाषाकक्षामा विद्यार्थीहरूलाई ससाना समूहमा विभाजित गरी सहकार्यमा सक्रिय सहभागी बनाएर अन्तक्र्रिया गराउने प्रक्रिया अवलम्बन गरेको पाइएको छ । स्पेनमा सिकाइमा आधारित शिक्षण प्रकियामा शिक्षक सहजकर्ताको रूपमा रहेर विद्यार्थीहरूलाई सक्रिय बनाई समस्या समाधान गर्न लगाएको पाइन्छ । विद्यार्थीमा भाषिक सिप विकासका लागि सहजकर्ताले शिक्षण सामग्री तथा प्रविधिको प्रयोग गरी सिकारुलाई समस्या समाधानको खोजी गर्न लगाएको पाइन्छ । नयाँ कथा, उपन्यास जस्ता पठन सामग्री पढ्न दिने, सार लेख्न लगाउने पढेको र लेखेको विषयवस्तुको प्रस्तुति दिनुपर्ने तथा सामूहिक कार्य र अन्तरक्रिया गराई भाषिक सिपको एकीकृत विकास गराउने कुरामा स्पेनको सिकाइ सहजीकरण केन्द्रित रहेको निष्कर्ष प्राप्त भएको छ ।