शिक्षक अभिभावको दृष्टिमा मातृभाषामा शिक्षा कार्यक्रम

Authors

  • Devi Shreesh ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/tmj.v4i1.87441

Keywords:

पाठ्यक्रम, भाषिक वातावरण, मातृभाषा, शिक्षण सिकाइ, संस्कृति

Abstract

मातृभाषामा शिक्षा कार्यक्रमको अभिप्राय बालबालिकाहरूले घरपरिवारमा जुन भाषा बोलिरहेका छन् विद्यालयमा पनि सोही भाषामा पठनपाठन गर्ने अवसर प्रदान गर्नु भन्ने हो । यो अध्ययन मातृभाषामा पठनपाठन हुने विद्यालयमा मातृभाषा शिक्षणको वस्तुस्थिति पहिचान गर्नमा केन्द्रित रहेको छ । अध्ययन गुणात्मक ढाँचामा अधारित छ । मातृभाषामा शिक्षणको स्थितिलाई स्थानीय पाठ्यक्रमको रूपमा, संस्कृति संरक्षणको रूपमा, सिकाइ प्रकृतिको रूपमा, नीतिगत कार्यान्वयनको रूपमा र चुनौतीको रूपमा जस्ता उपशीर्षक वा थिममा आधारित रहेर आगमन विधिबाट गहन अन्तर्वार्ताको माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीको व्यख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मातृभाषामा पठनपाठन हुने विद्यालयमा मातृभाषा शिक्षण स्थानीय पाठ्यक्रमको रूपमाम स्थानीय ज्ञान, सिप, प्रविधि, र दक्षताको प्रयोग गरी स्थानीय बालबालिकालाई परिवारिक भाषिक वातावरणमा शिक्षा दिइएको पाइएको छ । स्थानीय भाषा संस्कृतिको पहिचान र प्रवर्धन गरिएको छ । मातृभाषामा पठनपाठन गर्दा विद्यार्थीले सरल, सहज, स्वाभाविक र प्रभावकारी सिकाइले सिकाइ उपलब्धि बढेको पाइनुका साथै सरकारको नीति तथा कार्यक्रममा टेवा पुगेको अनि मातृभाषामा शिक्षाप्रति अभिभावकमा भ्रम, अङ्ग्रेजीप्रतिको मोहले मातृभाषामा थप चुनौती सिर्जना भएको आदि यस अध्ययनका निष्कर्ष हुन् । मातृभाषामा शिक्षाप्रति जिज्ञासु, अनुसन्धाता, लेखक, पाठक र विद्यार्थी वर्ग लागि यस लेख सहयोगी बन्न सकेमा यसको उपादेयता देखिने छ । 

Downloads

Download data is not yet available.
Abstract
2
PDF (नेपाली)
1

Author Biography

Devi Shreesh , ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि., कीर्तिपुर

नेपाली शिक्षा शिक्षार्थी,

Published

2025-12-26

How to Cite

Shreesh , D. (2025). शिक्षक अभिभावको दृष्टिमा मातृभाषामा शिक्षा कार्यक्रम . The Mega Journal, 4(1), 71–85. https://doi.org/10.3126/tmj.v4i1.87441

Issue

Section

Articles