खस मातृभाषामा शिक्षण र यसको अवस्था

Authors

  • Rana Bahadur Raut ग्राजुयाट स्कुल अफ एजुकेसन, कीर्तिपुर

Keywords:

मातृभाषा, वर्ण, विद्यार्थी शिक्षण

Abstract

प्रस्तुत लेख खस मातृभाषामा शिक्षणको प्रयोग र त्यसको प्रभावकारिताको खोजी तथा अध्ययनसँग सम्बन्धित छ । खस मातृभाषामा शिक्षणको अवस्था यकिन गरेर त्यसको प्रभावकारिता पहिचानका लागि आवश्यक मार्गको खोजी गर्ने उद्देश्य रहेको यस अनुसन्धानात्मक लेखलाई मिश्रित ढाँचामा अघि बढाइएको छ । परिमाणात्मक उपकरणको प्रयोग गरी सङ्कलन गरिएको तथ्याङ्कलाई विश्लेषण गरेर त्यसबाट प्राप्त नतिजाअनुसार नेपाली भाषामा भन्दा खस भाषामा विद्यार्थीहरु कमजोर देखिएपछि कमजोर हुनुका कारण पहिचान गर्न उद्देश्यमूलक ढङ्गले नमुना छनोट गरेर अनौपचारिक अन्तर्वार्ता र संवादका माध्यमबाट तथ्याङ्क सङ्कलन गरी गुणात्मक तरिकाबाट विषयगत थिम्याटिक विश्लेषण गरिएको छ । नेपालीमा भन्दा खस भाषामा विद्यार्थीहरुको नतिजा राम्रो  हुन नसक्नुमा खस भाषाका वर्णगत समस्याहरु समाधान नगरी शिक्षण कार्य थाल्नु र आवश्यक अन्य पूर्व तयारी एवम् शिक्षकहरुलाई तालिम तथा प्रबोधीकरण नगरी कार्यान्वयनमा जानु नै मुख्य कारक रहेको निष्कर्ष यस अध्ययनबाट निकालिएको छ । आवश्यक पूर्व तयारी तथा वर्णलगायत मुख्य समस्याहरु समाधान गरी अध्ययन अध्यापन कार्य गर्न सकेमा खस भाषाको उत्थान तथा संरक्षण हुनुका साथै विद्यार्थीहरुका लागि खस भाषामा सिकाइ सहजता हुने र यसले प्रभावकारी प्रतिफल प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

Abstract
83
PDF (Nepali)
36

Author Biography

Rana Bahadur Raut, ग्राजुयाट स्कुल अफ एजुकेसन, कीर्तिपुर

शिक्षार्थी

Downloads

Published

2025-12-26

Issue

Section

Articles

How to Cite

Raut, R. B. (2025). खस मातृभाषामा शिक्षण र यसको अवस्था . The Mega Journal, 4(1), 95-105. https://doi.org/10.3126/tmj.v4i1.87446