बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
DOI:
https://doi.org/10.3126/tmj.v4i1.87447Keywords:
भाषिक चुनौती, भाषिक सिप, बहुभाषिक शिक्षण, मातृभाषा, सहकार्य सिकाइAbstract
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहरूले सामना गर्ने कठिनाइ र अनुभवलाई उजागर गरेको छ । नेपालमा विभिन्न भाषाभाषीका विद्यार्थीहरू रहेका हुन्छन् । ती सबै विद्यार्थीहरूको आआफ्नो मातृभाषालाई सम्बोधन गरी नेपाली भाषा शिक्षण गर्नु एक जटिल र चुनौतीपूर्ण कार्य हो । त्यसैले यस अध्ययनमा बहुभाषिक कक्षामा नेपाली शिक्षकले शिक्षणका क्रममा के कस्ता अनुभव गरेका छन् भन्ने मुख्य समस्यालाई अनुसन्धानको रूपमा लिएको छ । यो गुणात्मक अनुसन्धानको न्यारेटिभ इन्क्वायरी विधिमा आधारित छ । यस अध्ययनमा विगत सात वर्षदेखि बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्ने तामाङ र मगर गरी दुईजना महिला शिक्षकसँग गहिरो अन्तर्वार्ताबाट तथ्याङ्क संकलन गरी, मौखिक तथ्याङ्कको लेखन, कोडिङ र थिम निर्माण गरी प्राप्तिको व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनबाट समूहमा सिक्ने क्रियाकलापले भाषा आर्जनमा सकारात्मक प्रभाव पार्ने देखाएको छ । शिक्षकले मातृभाषालाई माध्यम बनाएर शिक्षण गर्दा सिकाइ सहज हुने देखिन्छ । सहकार्य सिकाइ विधि प्रभावकारी भए पनि विद्यार्थीमा भाषिक सिपको अभाव चुनौतीको रूपमा देखा परेको छ । बहुभाषिक कक्षा शिक्षणका लागि शिक्षकहरुलाई पर्याप्त तालिम र स्रोत सामग्री उपलब्ध गराउन आवश्यक देखिन्छ ।