“मेरी सानी भतिजी प्रतिमा” कथामा आलोचनात्मक यथार्थवाद { Critical realism in the story “Meri Sani Bhatiji Pratima” }

Authors

  • टंकप्रसाद Tanka Prasad भट्टराई Bhattarai त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

Keywords:

आलोचनात्मक दृष्टि, Critical vision, निरङ्कुशता, absolutism, पितृसत्ता, patriarchy, प्रगतिवादी चेतना, progressive consciousness, लैङ्गिक विभेद, gender discrimination

Abstract

प्रस्तुत लेखमा रमेश विकलको ‘मेरी सानी भतिजी प्रतिमा’ कथाको विश्लेषण गरिएको छ । नेपाली साहित्यमा विकललाई प्रगतिवादी कथाकार मान्दै उनले लेखेका सबै कथाहरूलाई प्रगतिवादी दृष्टिकोणबाट अध्ययन विश्लेषण गर्ने परम्परा बसेको पाइन्छ । परन्तु प्रगतिवादी साहित्यले रचनामा जुन प्रकारको वर्गीय विभेदका विरुद्धमा विद्रोहको अपेक्षा गर्दछ त्यस प्रकारको विद्रोही चेतना यिनका कथाका पात्रहरूमा भेटिँदैन । विकलको मेरी सानी भतिजी प्रतिमा’ उनका कथामध्येको लोकप्रिय र चर्चित कथा मानिन्छ । प्रस्तुत कथामा समाजमा विद्यमान विभिन्न प्रकारका विभेदमध्येको लैङ्गिक विभेदलाई विषय बनाएको पाइन्छ । युगौँदेखि पितृसत्तात्मक समाजको प्रभावबाट ग्रसित बनेको समाजमा लैङ्गिक विभेदका कारण पुरुषले महत्त्व पाउने र नारीले महत्त्व नपाउने अवस्था देखिन्छ । यसरी नारीलाई महत्त्व नदिने र पुरुषलाई महत्त्व दिने कार्यमा स्वयं नारीहरूसमेत देखिन्छन् । यसले समाजलाई यतिसम्म ग्रसित तुल्याएको छ जसले गर्दा स्वयं जन्मदिने आमाले आफ्ना सन्तानमा समेत विभेद गर्ने र छोरालाई काखा र छोरीलाई पाखा गर्ने गरेको देखिन्छ । समाजको यही सत्यलाई प्रस्तुत गरेको यस कथामा विभेदको चरम अवस्थालाई प्रस्तुत गरिएको देखिन्छ परन्तु विभेदको विरुद्धमा कसैले पनि आवाज उठाउन सकेको पाइँदैन । यसरी अन्याय अत्याचार हुनु तर त्यसका विरुद्धमा आवाज नउठाउनुजस्ता अवस्थाको प्रस्तुति भएका कृति वा रचनालाई यस दृष्टिकोणबाट अध्ययन विश्लेषण नगरिएकाले मेरी सानी भतिजी प्रतिमा’ कथामा आलोचनात्मक यथार्थवादको केकस्तो प्रस्तुति रहेको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही विश्लेषणात्मक विधिको प्रयोग गरेर आलोचनात्मक यथार्थवादका सैद्धान्तिक दृष्टिकोणबाट प्रस्तुत कथा सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
353
PDF
0

Author Biography

टंकप्रसाद Tanka Prasad भट्टराई Bhattarai, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

टंकप्रसाद भट्टराई

सहप्राध्यापक

त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पा

Downloads

Published

2023-11-30

How to Cite

भट्टराई Bhattarai ट. T. P. . (2023). “मेरी सानी भतिजी प्रतिमा” कथामा आलोचनात्मक यथार्थवाद { Critical realism in the story “Meri Sani Bhatiji Pratima” }. Tribhuvan Journal, 2(1), 117-124. https://doi.org/10.3126/tribj.v2i1.60272

Issue

Section

Articles

How to Cite

भट्टराई Bhattarai ट. T. P. . (2023). “मेरी सानी भतिजी प्रतिमा” कथामा आलोचनात्मक यथार्थवाद { Critical realism in the story “Meri Sani Bhatiji Pratima” }. Tribhuvan Journal, 2(1), 117-124. https://doi.org/10.3126/tribj.v2i1.60272