जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }

Authors

  • शंकरप्रसाद Shankar Prasad गैरे Gaire त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

Keywords:

पितृसत्ता, Patriarchy, दमन, oppression, बहुविवाह, polygamy, लैङ्गिक विभेद, gender discrimination, नारी अस्तित्व, female existence

Abstract

प्रस्तुत अनुसन्धानमूलक समालोचनात्मक लेख जरत्कारु उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । जरत्कारु पौराणिक विषयमा आधारित औपन्यासिक कृति हो । प्रस्तुत कृतिले अगस्त्य ऋषिका सन्तानमध्ये कद्रुकी पुत्री जरत्कारुलाई केन्द्रीय पात्रका रूपमा चयन गरी उक्त पात्रका माध्यमबाट युगौँदेखि समाजमा विद्यमान लैङ्गिक विभेदलाई प्रस्तुत गरेको पाइन्छ । मूलतः कन्या पूजाको सन्दर्भलाई लिएर रचना गरिएको प्रस्तुत उपन्यासले पौराणिक विषयको कथ्यका माध्यमबाट त्यस्ता थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरूलाई उठाएको देखिन्छ जो वर्तमान समाजलाई समेत प्रतिबिम्बित गर्दछन् । समाज व्यवस्था, वर्ग विभाजन, ऋषिहरूका वैज्ञानिक चिन्तन, सामाजिक द्वन्द्वजस्ता विविध विषयमा आवाज उठाएको प्रस्तुत उपन्यासले समाजमा विद्यमान लैङ्गिक विभेदलाई महत्त्वपूर्ण विषयका रूपमा उठाएको देखिन्छ । प्रस्तुत उपन्यासले एकातिर नारीहरू युगौँदेखि पुरुषबाट शासित थिए, उनीहरू पुराणकालमा पनि विभिन्न बहानामा पुरुषबाट शासित र प्रताडित थिए भन्ने कुराका साथै पुरुषले नारीलाई भोग्याको रूपमा, उपयोगी वस्तुको रूपमा प्रयोग गर्ने गरेको सन्दर्भलाई उठाइएको पाइन्छ । प्रस्तुत उपन्यासले पौराणिक कथ्यका माध्यमबाट वर्तमान समाजले नारीलाई गर्दै आएको उपेक्षालाई समेत प्रतिबिम्बित गर्दछ । प्रस्तुत उपन्यास नारी शोषण तथा नारी अधिकारका विषयमा आवाज उठाउने कृति हो भन्ने कुराको सङ्केत प्राप्त भए पनि यस दृष्टिकोणबाट प्रस्तुत उपन्यासको विहङ्गम अध्ययन विश्लेषण नभएकोले नारीवादका सापेक्षमा जरत्कारु उपन्यास केकस्तो रहेको छ ? भन्ने प्राज्ञिक समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत उपन्यासलाई नारीवादी सिद्धान्तका सापेक्षमा विश्लेषण गर्ने लक्ष्य राखी अध्ययनलाई अगाडि बढाइएको छ । विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत उपन्यास नारीवादको सैद्धान्तिक दृष्टिकोणले महत्त्वपूर्ण र प्रभावकारी रहेको निष्कर्ष निरूपण गरिएको छ ।

Abstract
288
PDF
0

Author Biography

शंकरप्रसाद Shankar Prasad गैरे Gaire, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

शंकरप्रसाद गैरे

उपप्राध्यापक

त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पा

Downloads

Published

2023-11-30

How to Cite

गैरे Gaire श. S. P. . (2023). जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }. Tribhuvan Journal, 2(1), 125-134. https://doi.org/10.3126/tribj.v2i1.60273

Issue

Section

Articles

How to Cite

गैरे Gaire श. S. P. . (2023). जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }. Tribhuvan Journal, 2(1), 125-134. https://doi.org/10.3126/tribj.v2i1.60273