राधा उपन्यासमा नारीवाद { Feminism in the Radha Novel }

Authors

  • शारदा Sharada खनाल Khanal त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

Keywords:

उत्पीडन, oppression, नारीवाद, feminism, पितृसत्ता, patriarchy, लैङ्गिक शोषण, gender exploitation, विद्रोह, rebellion

Abstract

प्रस्तुत लेखमा उपन्यासकार कृष्ण धराबासीको राधा उपन्यासको नारीवादका आधारमा अध्ययन गरिएको छ । प्रस्तुत उपन्यासको विभिन्न आधारमा अध्ययन गर्न सकिने भए पनि नारीवादका आधारमा अध्ययन नभइसकेको अवस्थामा प्राज्ञिक रिक्तता देखिन्छ । यही रिक्ततालाई पूरा गर्ने उद्देश्यले प्रस्तुत अध्ययन नारीवादअन्तर्गत पर्ने नारीशोषणप्रतिको विद्रोहमा केन्द्रित भई नारीमाथि हुँदै आएका पितृसत्तात्मक, लैङ्गिक, पारिवारिक, सामाजिक, कुल र धमर्, संस्कृति, यौनजन्य, राजनीतिक शोषण जस्ता अवस्थितिलाई आधार बनाइएको छ । पुस्तकालय कार्यबाट सङ्कलित प्रथम र द्वितीयक स्रोतका सामग्रीहरूको सूक्ष्म पठन गरी सघन पाठविश्लेषण विधिअनुसार नारीवादसम्बन्धी सैद्धान्तिक आधार लिएर सन्दर्भपरक अध्ययन समेत गरिएको हुनाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । समाजको महत्त्वपूर्ण भूमिकामा रहेर पनि युगौंदेखि शोषणयुक्त, मूल्यहीन, अमानवीय र अत्यन्त अपमानजनक जीवन बाँच्दै आएका नारीका चेतनाका आँखा खुल्दै गएपछि आफूहरूमाथि हुँदै आएका विभिन्न खाले विभेदको भण्डाफोर गरी आफ्नो अस्तित्व रक्षाका लागि विद्रोह गरेका छन् । पितृसत्तात्मक सामन्तवादी समाजले नारीको स्वाभिमान र अस्तित्वलाई महत्त्व नदिने, पुरुषको सुखसुविधाका लागि स्वेच्छाचारी नियम बनाएर नारीलाई दोस्रो दर्जाको नागरिकका रूपमा आफ्नै दासी वा भोगविलासको साधनका रूपमा मनलागी उपयोग गर्ने, नारीअस्मितामाथि प्रश्नचिन्ह उठाउने, समाजमा चल्दै आएका रीतिरिवाज, चालचलन, धर्म, संस्कृतिका आडमा नारीलाई उपेक्षा, किनारीकृत र अधिकारबाट वञ्चित गर्ने जस्ता गलत र विभेदपूर्ण परिपाटीप्रति यस उपन्यासका राधा, सुशीला, विशाखा, यशोदा जस्ता सचेत नारीद्वारा विद्रोह गरी नारीहरूको पनि पुरुषकै बराबर अधिकार स्थापित गर्न खोजेको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
270
PDF
0

Author Biography

शारदा Sharada खनाल Khanal, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा Tribhuvan Multiple Campus, Palpa

शारदा खनाल

उपप्राध्यापक

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

Downloads

Published

2023-11-30

How to Cite

खनाल Khanal श. S. (2023). राधा उपन्यासमा नारीवाद { Feminism in the Radha Novel }. Tribhuvan Journal, 2(1), 135-145. https://doi.org/10.3126/tribj.v2i1.60274

Issue

Section

Articles

How to Cite

खनाल Khanal श. S. (2023). राधा उपन्यासमा नारीवाद { Feminism in the Radha Novel }. Tribhuvan Journal, 2(1), 135-145. https://doi.org/10.3126/tribj.v2i1.60274