देवनागरी ध्वनि र वर्णको उत्पत्तिसम्बन्धी परिचर्चा

Authors

  • अनिल Anil अधिकारी Adhikari उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर https://orcid.org/0009-0001-4095-8833
  • बाबुराम Baburam तिमल्सिना Timalsina अवकाश प्राप्त सहप्राध्यापक, नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
  • रबिन Rabin गुरागाईं Guragai शिक्षण सहायक, नेपाली शिक्षा विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

Keywords:

स्वरोत्पत्ति, व्यञ्जनोत्पत्ति, वर्णमाला, अक्षर, नाद, घर्षण

Abstract

प्रस्तुत लेखमा देवनागरी ध्वनिको उत्त्पत्ति एवम् त्यसको प्रयोगका विषयमा विश्लेषण गरिएको छ । द्वितीयक स्रोतबाट सङ्कलित सामग्रीका आधारमा विश्ललेषण गरिने यो लेख गुणात्मक अनुसन्धान पद्धतिमा आधारित छ । यस लेखमा देवनागरी  वर्णको उत्पत्ति, तिनको विकाससम्बन्धी दैवी उत्पत्तिको सिद्धान्तसापेक्ष विश्लेषण तथा ध्वनि र वर्णसम्बन्धी पूर्वीय/संस्कृत र पश्चिमी मान्यताको विश्लेषण र संश्लेषण गरिएको छ । संस्कृत ध्वनिउत्पत्तिसम्बन्धी अभिमतअनुसार शिव अर्धाङ्गिणी ‘सती’को देहावसानपछि पत्नीको दिवङ्गत शरीर बोकेर शिवले भ्रमण गरेका विभिन्न क्षेत्र, ती क्षेत्रमा सतीका शरीरको अङ्गपतन भई उत्पत्ति भएका शक्तिपीठ तथा ती शक्तिपीठ नै एक ध्वनिका रूपमा उत्पत्ति भई यस विश्वमा जति शक्तिपीठ परिकल्पित र पूजित छन् त्यति नै देवनागरी ध्वनि र वर्ण अस्तित्वमा रहेका छन् । ध्वनि मानव उच्चारण अवयवबाट उच्चरित भए पनि तिनको उत्पत्तिको आधार सतीको अङ्गपतन भई प्रकट भएका शक्तीपीठका आधारमा भएको हो । पूर्वीय र पश्चिमा भाषिक अध्ययनबाट मानवीय वस्तुका रूपमा भाषिक ध्वनि, वर्ण र अक्षरको निर्माण नाद तथा श्वासप्रश्वासका माध्यमबाट निर्माण भएको हो । यससम्बन्धी अवधारणाअनुसार भाषिक उच्चारणको आधार सास तथा त्यसको विविध अङ्गसँगको घर्षणबाट उत्पत्ति भएका निनादबाट सृजित वाक्को सार्थक स्वरूप र सङ्केत रहेको विषयमा यस लेखमा विमर्श गरिएको छ ।

Abstract
89
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

देवनागरी ध्वनि र वर्णको उत्पत्तिसम्बन्धी परिचर्चा. (2022). TUTA Journal, 10(1), 1-14. https://doi.org/10.3126/tutaj.v10i1.74315

Issue

Section

Articles

How to Cite

देवनागरी ध्वनि र वर्णको उत्पत्तिसम्बन्धी परिचर्चा. (2022). TUTA Journal, 10(1), 1-14. https://doi.org/10.3126/tutaj.v10i1.74315