छाउघर उपन्यासमा मानसिक सङ्घात

Authors

  • सीता Sita अधिकारी थापा Adhikari Thapa उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान

Keywords:

छाउपडी प्रथा, रूढिवादी मान्यता, उत्पीडन, सङ्केतक, अचेतन

Abstract

यस लेखको प्रमुख उद्देश्य समसामयिक विषयमा राज सरगमद्वारा लिखित छाउघर उपन्यासको पात्रको मानसिक अभिघातका बारेमा विश्लेषण गर्नु रहेको छ । साहित्यमा मनोविश्लेषणको सिद्धान्तद्वारा मानिसका विविध मनोदशा एवम् मनोसंरचनाको खोजअन्वेषण गर्ने फ्रायडीय शास्त्रीय परम्परा अत्यन्त प्रचलित देखिन्छ । यसै मनोविज्ञानसँग नै सम्बन्ध राख्दै नवीन उत्तरआधुनिक सांस्कृतिक समालोचना चिन्तन पद्धतिको रूपमा विकसित हुँदै आएको उत्तरसंरचनावाद र नवमनोविश्लेषणात्मक सिद्धान्तको एउटा सशक्त मान्यता अभिघात पनि हो । प्राचीन कालदेखि नै शस्त्राभिघात र आत्माभिघातबाट मानिस पीडित बनिरहेको यथार्थलाई विश्वसाहित्य र नेपाली साहित्यमा पनि प्रशस्त उतारिँदै आएको छ । नेपाली साहित्यमा नारी समस्यामूलक उपन्यासहरू लेखिने क्रममा एउटा दरिलो उपस्थिति जनाउने छाउघर उपन्यासले प्राकृतिक रूपमा नारीजातिमा हुने एउटा शारीरिक जैविक परिवर्तनको अपरिहार्य प्रक्रिया रजस्वलालाई मूल समस्या वा विषयका रूपमा उठान गरेको छ ।सामाजिक सांस्कृतिक आधारमा गरिने नारीमाथिको लैङ्गिक विभेदकारी छाउप्रथाले उनीहरू सानैदेखि शारीरिक र मानसिक अभिघातको सिकार भएका तथ्यहरू छन् । प्रथम पटक रजस्वला भएर अचानक छाउगोठको कठीन पीडादायी र लामो अनुभव भोग्नुपर्दा एक अबोध बालिकाको मानसिकतामा उब्जिएका अनगिन्ती जिज्ञासा, भयग्रस्त वेदना र आक्रोसका एवम् उसमाथि परेका मानसिक सङ्घातकासाथै यसैकारण सिर्जित महिलामाथिका लैङ्गिक हिंसाको विविध समस्यालाईउपन्यासमा सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । यस लेखमा यही अभिघात सिद्धान्तलाई आधार बनाई छाउघर उपन्यासका प्रमुख पात्रको मानसिक सङ्घातको अध्ययन विश्लेषण गरिएको छ ।

Abstract
79
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

छाउघर उपन्यासमा मानसिक सङ्घात. (2022). TUTA Journal, 10(1), 73-82. https://doi.org/10.3126/tutaj.v10i1.74322

Issue

Section

Articles

How to Cite

छाउघर उपन्यासमा मानसिक सङ्घात. (2022). TUTA Journal, 10(1), 73-82. https://doi.org/10.3126/tutaj.v10i1.74322