नेपालको सन्दर्भमा राष्ट्रियता र राष्ट्रिय एकता Nepalko Sandharbhama Rashtriyata ra Rashtriya Ekata

Authors

  • झमक Jhamak प्रसाद Prasad शर्मा Sharma

Keywords:

राष्ट्र Rashtra, राज्य Rajya, राष्ट्र–राज्य rashtra-rajya, राष्ट्रवाद rashtravad, अन्धराष्ट्रवाद Andharashtravad, देशभक्ति Deshbhakti, राष्ट्रियता Rashtriyata, धर्मनिरपेक्षता Dharmanirapekshyata, धार्मिक सहिष्णुता dharmik Sahishnuta

Abstract

राज्यका लागि निश्चित भूभाग, जनसंख्या, सार्वभौमसत्तार सरकार अनिवार्य तŒव हुन् । राष्ट्र चाहि“ मानिसहरुका बीच भावनात्मक, मनोवैज्ञानिक र आध्यात्मिक रुपमा स्थापित सामाजिक, सा“स्कृतिक, राजनैतिक समुदायभएको हु“दा यसमा मानिसहरु स्वअनुशासित रहेकाहुन्छन् र उनीहरुबीच एकात्मकताको भावना रहेसम्मराष्ट्रको अस्तित्व कायम रहन्छ । राष्ट्र–राज्यले एउटा राज्यको राजनीतिक अस्तित्वलाई राष्ट्रको सांस्कृतिकअस्तित्वस“ग समाहित गर्दछ, जसको उद्देश्य शासनकालागि राजनीतिक वैधता निर्देशित गर्ने  हो र योसार्वभौमसत्तासम्पन्न हुन्छ । देशभक्ति देशलाई गरिने प्रेम हो भने, व्यक्तिले आºनो राष्ट्रबाट प्राप्त गरेका नैसर्गिकगुणहरु अनि उसको अन्तर्मनमा उव्जने राष्ट्रिय विशेषताबोधको अवस्था र राष्ट्रप्रतिको भावनात्मक लगाव चाहि“राष्ट्रियता हो । विश्वका कतिपय देशमा एउटै देशभित्र अनेकौं राष्ट्रियता पनि पाइन्छ, तर नेपालमा चाहि“ एउटै राष्ट्रियता छ – नेपाली राष्ट्रियता जुन हमेशा एकताकोसूत्रमा आवद्ध छ । नेपाली जनताबीच रहेको भावनात्मकएकता, जातीय सहिष्णुता, धार्मिक सहिष्णुता जस्ताकुराले नै नेपाललाई एउटा सिंगो राष्ट्रका रुपमा स्थापितगरेको छ । १२३ भाषा बोल्ने १२५ वटा जातजातिहरुमाम नेपाली ह“ु भन्ने आत्मबोधका साथै एउटै राष्ट्रियसाइनोमा आवद्ध भाइचाराको भावना छ, अनि एकअर्काका संस्कृति, भेषभूषा, रीतिरिवाजप्रति सम्मान रसहिष्णुता देखाउने प्रवृत्ति विद्यमान छ । ती सबैको सम्मिश्रण, भाइचारा र एकताबाटै राष्ट्रिय एकतासुदृढ भएको छ । अनादिकालदेखि स्वतन्त्र राष्ट्रकारुपमा विकसित र अक्षुण्ण रही आएकाले अखण्डता, सार्वभौमिकता, सामरिक स्वावलम्बन, देशभक्तिजस्ता सबै गुणहरु नेपालको राष्ट्रियतामा विद्यमानछन् । हालको परिप्रेक्ष्यमा संघीयता, धर्मनिरपेक्षता,मोवायल फोन, इन्टरनेट तथा सामाजिक सञ्जालकोविकास र विस्तार, जातीय छुवाछुुत तथा विभेदलाईकानुनले दण्डनीय घोषित गरिनु राष्ट्रिय एकताकालागि थप अवसर हो । गरिवी, बेरोजगारी, अशिक्षा,जातीय विभेदको भावना, निहित स्वार्थ प्रेरित राजनीति,अपराधको राजनीतीकरण, राजनीतिको अपराधीकरणजस्ता प्रवृत्तिहरु राष्ट्रिय एकताका चुनौती हुन् ।शब्दकुञ्जीः राष्ट्र«, राज्य, राष्ट्र–राज्य, राष्ट्रवाद,अन्धराष्ट्रवाद, देशभक्ति, राष्ट्रि«यता, धर्मनिरपेक्षता,धार्मिक सहिष्णुता, राष्ट्रि«य एकता ।सार्वभौमिकता, सामरिक स्वावलम्बन, देशभक्तिजस्ता सबै गुणहरु नेपालको राष्ट्रियतामा विद्यमानछन् । हालको परिप्रेक्ष्यमा संघीयता, धर्मनिरपेक्षता,मोवायल फोन, इन्टरनेट तथा सामाजिक सञ्जालकोविकास र विस्तार, जातीय छुवाछुुत तथा विभेदलाईकानुनले दण्डनीय घोषित गरिनु राष्ट्रिय एकताकालागि थप अवसर हो । गरिवी, बेरोजगारी, अशिक्षा,जातीय विभेदको भावना, निहित स्वार्थ प्रेरित राजनीति,अपराधको राजनीतीकरण, राजनीतिको अपराधीकरणजस्ता प्रवृत्तिहरु राष्ट्रिय एकताका चुनौती हुन् ।

Abstract
924
pdf
0

Downloads

Published

2020-02-02

How to Cite

नेपालको सन्दर्भमा राष्ट्रियता र राष्ट्रिय एकता Nepalko Sandharbhama Rashtriyata ra Rashtriya Ekata. (2020). Unity Journal, 1, 171-178. https://doi.org/10.3126/unityj.v1i0.35996

Issue

Section

Articles

How to Cite

नेपालको सन्दर्भमा राष्ट्रियता र राष्ट्रिय एकता Nepalko Sandharbhama Rashtriyata ra Rashtriya Ekata. (2020). Unity Journal, 1, 171-178. https://doi.org/10.3126/unityj.v1i0.35996